देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन

 लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो ।

ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा ९ सदस्यीय युमा साम्यो महासभा वडा नं. ५ तदर्थ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दल बहादुर तुम्बाहाम्फे, सचिवमा राजकुमार तुम्बाहाम्फे, कोषाध्यक्षमा चन्द्रमाया तुम्बाहाम्फे त्यसैगरी सदस्यहरुमा सागर तुम्बाहाम्फे, रणबहादुर तुम्बाहाम्फे, मन बहादुर तुम्बाहाम्फे, मनिता तुम्बाहाम्फे र शिवकुमार तुम्बाहाम्फे रहेका छन् ।

सोही भेलाले चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । भक्तबहादुर तुम्बाहाम्फेको संयोजकत्वमा अमर चेम्जोङ, इमानसिं तुम्बाहाम्फे, र आइतबहादुर फियाक सदस्य रहेका छन् । त्यसैगरी यमा साम्यो वचत उपसमितिको अध्यक्षमा रणबहादुर तुम्बाहाम्फे, सचिवमा राजकुमार तुम्बाहाम्फे, कोषाध्यक्षमा उर्मिला तुम्बाहाम्फे र सदस्यमा दिलकुमारी तुम्बाहाम्फे रहेका छन् ।

युमा साम्यो महासभाले आगामी ०७८ सालमा सम्पन्न हुने राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न अपिल गर्दै आएको छ ।

 

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...