प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

 लिम्बुवान न्युज
                       

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटीको भर्खरै सकिएको बैठले सो निर्णय गर्दै यो प्रस्ताव मंगलबार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।

मन्त्रिपरिषद्को बैठकमा संसद भंगको सिफारिस राष्ट्रपतिलाई पठाएर संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ । अब यसको राजनीतिकसँगै कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । यसका लागि मंगलबार केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको बताए ।

सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे पुनः स्थायी कमिटीको बैठक पनि बस्नेछ ।

आजको बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय समेत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीमा आमन्त्रित ४ सहित ३१ जना उपस्थित भएका थिए ।

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...