बालुवाटारमा सकियो सुरक्षा परिषदको बैठक, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात सुरक्षामा आउने चुनौतीलाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
सुरक्षा छलफलमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए भने सुरक्षा निकाय सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका सबै प्रमुखहरूसँग बदलिँएको राजनीति परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिइएको’ बताएका छन्।

सो बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्ने चुनौतीबारे छलफल भएको बताइएको छ ।

बालुवाटारको छलफलमा प्रधानमन्त्रीले सबैतिरबाट असहयोग र घेराबन्दीमा पारिएकोले आफू बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन सुरक्षा प्रमुखहरुलाई अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...