बालुवाटारमा सकियो सुरक्षा परिषदको बैठक, चारवटै सुरक्षा निकायका प्रमुख सहभागी

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पश्चात सुरक्षामा आउने चुनौतीलाई ध्यानमा राखेर चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
सुरक्षा छलफलमा प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए भने सुरक्षा निकाय सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका सबै प्रमुखहरूसँग बदलिँएको राजनीति परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिइएको’ बताएका छन्।

सो बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्ने चुनौतीबारे छलफल भएको बताइएको छ ।

बालुवाटारको छलफलमा प्रधानमन्त्रीले सबैतिरबाट असहयोग र घेराबन्दीमा पारिएकोले आफू बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन सुरक्षा प्रमुखहरुलाई अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...