प्रतिनिधिसभा विगठनप्रति घोर विरोध, असहमति र भत्र्सना –कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

दमक/नेकपा भित्रको आन्तरिक कलहलाई थेग्न नसकेका प्रधानमन्त्री केपी ओलीले संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष चढाएएको केही घण्टाभित्र प्रतिनिधिसभा संसद विघटन गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले घोर विरोध, असहमति र भत्र्सना गरेको छ ।

आइतबार राती एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमले मुलुक फेरि द्वन्द्व तर्फ धकेलिएको छ । प्रधानमन्त्रीको संविधान विपरित, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको संघीय मञ्च तथा सम्बद्ध सबै प्रान्तीय मञ्चहरु सडक आन्दोलनमा उत्रन तयार रहेको जनाएका छन् ।
ओली सरकारको यस्तो गलत निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाललाई प्रतिगमनमा पु¥याएको अध्यक्ष लिङ्देनको जिकीर छ ।

अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिमा सरकारको बुँदागत बिरोध जनाउँदै संविधान त्रुटिपूर्ण छ । प्रधानमन्त्रीको विरुद्ध दुईबर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने प्रावधान नहटाए छिप्पीएको गोमन सर्पमा परिणत हुने बताएका छन् ।

उदाउँदो राजनीति दलहरुबाट संसद बन्न नसकोस् भनेर निर्वाचनमा थ्रेस होल्ड लागू गरेको प्रति मञ्चले हिजो देखि नै असहमति जनाएको छ र अब कथित ठूलो पार्टीहरुले संसदमा ल्याएको अस्तिरता विरुद्ध लड्न अध्यक्ष लिङ्देनले अनुरोध गरेका छन् ।

अध्यक्ष लिङ्देनले विज्ञप्तिको तेस्रो बुँदामा सत्तारुढ पार्टीको आन्तरिक कलहलाई देश र जनताको शिरमा थोपर्ने प्रधानमन्त्रीको विशेषाधिकारलाई खारेज गर्न माग गरेका छन् । “०५१ सालमा नेपाली कांग्रेससँग ११० र २१० को बहुमत हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई उनका ३६ जना संसदले काउन्टर ७४ र ३६ संसाद दुईतिर विभाजित हुँदा विवाद मिलाउन नसकेर गिरीजाले संसद विगठन गरेर मध्यावधी चुनावमा लगेकै घटना वर्तमान नेकपा सरकारका प्रधानमन्त्री ओलीले गरेका छन् । आन्तरिक कलहलाई घरभित्र मिलाउन नसकेर राष्ट्र र जनता प्रति धोका दिने प्रधानमन्त्रीलाई हदैसम्मको कारवाही गर्नुपर्छ ताकी आउने पुस्ताले यस्ता प्रतिगमनकारीलाई चिन्न सकोस्” – अध्यक्ष लिङ्देनले सोही बुँदामा थप उल्लेख गरेका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा)ले समेत प्रधानमन्त्रीको यस्तो असंवैधानिक कदमको घोर विरोध गरेका छन् । अब नकेपा इत्तरका सबै राजनैतिक दलहरुले वर्तमान केपी ओली सरकारको विरुद्ध एकजुट भएर लड्ने संकेत दिएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...