प्रतिनिधिसभा विगठनप्रति घोर विरोध, असहमति र भत्र्सना –कुमार लिङ्देन ‘मिराक’

,   लिम्बुवान न्युज
                       

दमक/नेकपा भित्रको आन्तरिक कलहलाई थेग्न नसकेका प्रधानमन्त्री केपी ओलीले संसद विगठनको प्रस्ताव राष्ट्रपति समक्ष चढाएएको केही घण्टाभित्र प्रतिनिधिसभा संसद विघटन गरेको प्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले घोर विरोध, असहमति र भत्र्सना गरेको छ ।

आइतबार राती एक विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमले मुलुक फेरि द्वन्द्व तर्फ धकेलिएको छ । प्रधानमन्त्रीको संविधान विपरित, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको संघीय मञ्च तथा सम्बद्ध सबै प्रान्तीय मञ्चहरु सडक आन्दोलनमा उत्रन तयार रहेको जनाएका छन् ।
ओली सरकारको यस्तो गलत निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपाललाई प्रतिगमनमा पु¥याएको अध्यक्ष लिङ्देनको जिकीर छ ।

अध्यक्ष लिङ्देनद्वारा जारी विज्ञप्तिमा सरकारको बुँदागत बिरोध जनाउँदै संविधान त्रुटिपूर्ण छ । प्रधानमन्त्रीको विरुद्ध दुईबर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने प्रावधान नहटाए छिप्पीएको गोमन सर्पमा परिणत हुने बताएका छन् ।

उदाउँदो राजनीति दलहरुबाट संसद बन्न नसकोस् भनेर निर्वाचनमा थ्रेस होल्ड लागू गरेको प्रति मञ्चले हिजो देखि नै असहमति जनाएको छ र अब कथित ठूलो पार्टीहरुले संसदमा ल्याएको अस्तिरता विरुद्ध लड्न अध्यक्ष लिङ्देनले अनुरोध गरेका छन् ।

अध्यक्ष लिङ्देनले विज्ञप्तिको तेस्रो बुँदामा सत्तारुढ पार्टीको आन्तरिक कलहलाई देश र जनताको शिरमा थोपर्ने प्रधानमन्त्रीको विशेषाधिकारलाई खारेज गर्न माग गरेका छन् । “०५१ सालमा नेपाली कांग्रेससँग ११० र २१० को बहुमत हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई उनका ३६ जना संसदले काउन्टर ७४ र ३६ संसाद दुईतिर विभाजित हुँदा विवाद मिलाउन नसकेर गिरीजाले संसद विगठन गरेर मध्यावधी चुनावमा लगेकै घटना वर्तमान नेकपा सरकारका प्रधानमन्त्री ओलीले गरेका छन् । आन्तरिक कलहलाई घरभित्र मिलाउन नसकेर राष्ट्र र जनता प्रति धोका दिने प्रधानमन्त्रीलाई हदैसम्मको कारवाही गर्नुपर्छ ताकी आउने पुस्ताले यस्ता प्रतिगमनकारीलाई चिन्न सकोस्” – अध्यक्ष लिङ्देनले सोही बुँदामा थप उल्लेख गरेका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा)ले समेत प्रधानमन्त्रीको यस्तो असंवैधानिक कदमको घोर विरोध गरेका छन् । अब नकेपा इत्तरका सबै राजनैतिक दलहरुले वर्तमान केपी ओली सरकारको विरुद्ध एकजुट भएर लड्ने संकेत दिएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;