ईश्वर थापाको “सयौ जुनि भएपनि”बाट मोडल पञ्च सेर्माको चर्चा

,   लिम्बुवान न्युज
                       

काठमाडौ। काठमाडौ अनामनगर स्थित बिहानी क्याफेमा युथ ग्रुप नेपालले पत्रकार सम्मेलन मार्फत “सयौ जुनि भएपनि” नामक गीतको रिलिज गरिएको छ । क्यानाडामा निर्माण गरिएको उक्त गीत आज एक कार्यक्रम बिच भब्य सो गरेर गीत सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अग्रज पत्रकार कुमार ओझाको प्रमुख आतिथ्य रहेको थियो भने युथ ग्रुप नेपालको सल्लाहकार रन्जन लिम्बुको सभापतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आतिथि कुमार ओझाले मोडल पञ्च सेर्माको अभिनयको चर्चा गरेका छन ।

पुष्प राज बरालको शब्द संगीत रहेको गीतलाई मेलिना राई र पुष्प राज बरालले स्वर दिएका छन । भिडियोमा पञ्च सेर्मा लिम्बू र भिपिनले अभिनय गरेका छन भने यसलाई छायांकन, सम्पादन र निर्देशन ईश्वर थापाको रहेको छ । टेक्निकल सपोर्ट गोबिन्द नेपाल र पुष्कर भट्टले गरेका छन । भिडियोको पोष्टर सुदिप सर्माले बनाएका हुन् भने भिडियोलाई सेवारो युवटुब मार्फत सार्बजनिक गरिएको छ ।

भिडियोलाई युथ ग्रुप नेपालको सहकार्यमा निर्माण गरिएको हो । युथ ग्रुप नेपालले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा प्रबन्ध निर्देशक अशोक छेत्रीले मोडल पञ्च सेर्माको अभिनयको प्रशंसा गरेका थिए ।

उक्त कार्यक्रम मार्फत निर्देशक छेत्रीले “एउटा फुल” नामक नेपाली चलचित्र निर्माणको समेत घोषणा गरेका छन । हाल धमाधम अडिशन लिन थालिएको जानकारी समेत उनले दिए ।

(भिडियाे सहित)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;