लिम्बुवान मोर्चाद्वारा ओली सरकारको असंवैधानिक कदमको बिरोध

,   लिम्बुवान न्युज
                       

धरान। लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर बलिदानपूर्ण संघर्षद्वारा प्राप्त भएको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार भएको ठहर गरेको छ ।

मोर्चाका संयोजक मुकसामहाङ मेन्याङबो (मुकेश) र सह–संयोजक त्रिवेणी चोङबाङ द्वयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्या देवी भण्डारी समेतले सरकारको गलत सिफारिसलाई स्वीकार गर्नु आपत्तिजनक भएको उल्लेख गरिएको छ । यस्तो असंवैधानिक, निरंकुश, अलोकतान्त्रिक, पश्चगामी र जनभावना एवं राजनीति विपरित स्वेच्छाचारी कदमको मोर्चाले घोर विरोध एवं भत्र्सना गरेको छ ।

मोर्चाले ओलीको यसखालको कदमको कडा प्रतिवाद गर्दै लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध हुन आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;