लिम्बुवान मोर्चाद्वारा ओली सरकारको असंवैधानिक कदमको बिरोध

,   लिम्बुवान न्युज
                       

धरान। लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर बलिदानपूर्ण संघर्षद्वारा प्राप्त भएको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार भएको ठहर गरेको छ ।

मोर्चाका संयोजक मुकसामहाङ मेन्याङबो (मुकेश) र सह–संयोजक त्रिवेणी चोङबाङ द्वयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्या देवी भण्डारी समेतले सरकारको गलत सिफारिसलाई स्वीकार गर्नु आपत्तिजनक भएको उल्लेख गरिएको छ । यस्तो असंवैधानिक, निरंकुश, अलोकतान्त्रिक, पश्चगामी र जनभावना एवं राजनीति विपरित स्वेच्छाचारी कदमको मोर्चाले घोर विरोध एवं भत्र्सना गरेको छ ।

मोर्चाले ओलीको यसखालको कदमको कडा प्रतिवाद गर्दै लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध हुन आह्वान समेत गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;