लालीगुराँसमा भवन उद्धघाटन

,   लिम्बुवान न्युज
                       

तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाको बसन्तपुरमा दलित विकास नगर सम्मन्वय समितीको कार्यलय सोमबार उद्धघाटन गरीएको छ । नगरभित्रका दलितहरुको उत्थानका लागि नगरपालिकाले छुट्टै दलित विकास नगर सम्मन्वय समिति गठन गरी यस कार्यालयको उद्धघाटन नगर प्रमुख अर्जुन बाबु माबुहाङले गर्नु भएको हो ।

कार्यालय उद्धघाटनलाई सम्बोधन गर्दै नगर प्रमुख माबुहाङले दलित–दलित बिचको बिभेद गैर दलित बाट नभई दलित परिवार बाट हुने भएकोले यसमा सुधार हुन जरुरी रहेको बताउनु भएको छ । नगर प्रमुख माबुहाङले आदिवासि जनजाति र दलितको परीभाषा सहित मानव, मानव बिचमा सीपको आधारमा कामको विभाजन मात्र गरेको बताउनु भएको छ ।

त्यसैगरी नगरपालिकाका उपप्रमुख तिला पोख्रेलले पुर्वका दलितहरु धेरै शिक्षित भएपनि दलित, दलित बिचमै विवेद्ध भएको दाबी गर्नु भएको छ । उहाले दलितहरुलाई गैरदलितले हेपेको छैन, दलित, दलित बिचमै हेपिएको छ भन्ने भनाईराख्नु भएको छ । यसैगरी लालिगुरास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र खडकाले जातिय वर्गिय लैँगिक छुवाछुत पहिलेको भन्दा अहिले हटेको बताउनु भएको छ ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय बसन्तपुरका प्रहरी ईन्चार्ज मानबहादुर श्रेष्ठ, लालिगुरास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रुद्र बहादुर लिम्बु, वडा नम्बर ४ का वडा अध्यक्ष पे्रम बहादुर लिम्बु, वडा नम्बर ६ का वडा अध्यक्ष तिलोचन लिम्बु, दलित महिला नगर सदस्य सविता नेपाली, दलित विकास सम्मन्वय समितिका सदस्य मान बहादुर बराईलीले मन्तव्य राख्नु भएको थियो ।

दलित विकास समन्वय समिति लालिगुरासको आयोजना तथा लालिगुरास नगरपालिकाको आर्थिक सहयोगमा समपन्न भएको कार्यक्रम दलित विकास नगर समन्वय समितिका अध्यक्ष कुमार बराईलिको अध्यक्षतामा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;