नरेन्द्र आङबुहाङ ९४औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा तङसिङ अनुष्ठान सम्पन्न

 लिम्बुवान न्युज
                       

विर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा कियाचु भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान समारोह चुम्लुङ्हिम् कार्यालय परिसरमा सम्पन्न भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् केन्द्रीय सल्लाहकार जित बहादुर लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कियाचु केन्द्रीय सदस्य पुर्ण हाङस्रोङ, हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन, कियाचु लिम्बुवान प्रदेश सदस्य इक्साहाङ चेम्जोङ, कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य अमृत योङहाङ, कियाचु बिर्तामोड कार्य समिति अध्यक्ष धर्म लक्सम्बा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

किरात याक्थुङ् चुम्लुङको कार्यालय भवन निर्माण गर्न १ कट्ठा ७ धुर जग्गा र भवन निर्माण आर्थिक रकम समेत उपलब्ध गराई दिनुहुने दिवंगत प्रातस्मरणीय दानवीर स्व. नरेन्द्र बहादुर आङ्बुहाङको जीवनचर्चा विशेष आमन्त्रित किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष भक्त खेवाङ्ज्यूले गर्नुभएको थियो । कार्यक्रममा चुम्लुङ्हिम् परिसरमा स्थापना गरिएको स्व. नरेन्द्र बहादुर आङ्बुहाङ् र वहाँका धर्मपत्नी स्व. कमलादेवी आङ्बुहाङको अर्धकद्को शालिकमा माल्यार्पण गरिएको थियो ।

सोही अवसरमा चुम्लुङ् झापाको रिक्त पदमा मनोनित ४ जना सदस्यहरू कालीबहादुर खेवाङ्, सन्तोष योङ्या, प्रेमचन्द्र लिम्बू र डिल्लीश्वर मुसाहाङ् लाई पद तथा गोपनियताको सपथग्रहण प्रमुख अतिथि लावतीले गराउनुभएको थियो ।

कार्यक्रममा झापा जिल्लाका नगर, गाउँ र वडाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेकोे थियोे भने तङ्सिङ् अनुष्ठान स्थानीय साम्बा लालबहादुर लिम्बुले मुन्धुम वाचन सहित सम्पन्न गरेका थिए ।

समारोह तथा अनुष्ठान कियाचु कार्यवाहक अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता साथै स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष गुमानसिं सम्बाङफे राखेका थिए भने कार्यक्रम संचालन जिल्ला सह–सचिव कबिन्द्र सेर्माले गरेका थिए ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;