दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक छनौट

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक प्रतिस्पर्धाबाट छनौट गरिएको छ । नगरपालिका वडा नंं. ७ मा रहेको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक नगरपालिकाले करारमा नियूक्त गर्ने निर्णय गरेसँगै शिक्षक छनौट गरिएको हो ।

पृथ्बी मा.बि.दमक ७ मा लिम्बु भाषाको माध्यमबाट आधारभुत तह कक्षा १ देखि ५ सम्मको शिक्षण शिकाईको लागि संचालित शिक्षक छनौट परीक्षामा दिपेन्द्र सेलिड छनौट भएका छन् ।

भाषा शिक्षकको लागि ४ जना शिक्षकले प्रतिष्पर्धा गरेका थिए । वैकल्पिक शिक्षकको रुपमा खेसे खजुम राई छानिएका छन् । छनौट परीक्षा लिम्बु भाषा बिज्ञहरु आदरणीय डकेन्न्द्र सिंह लिम्बु र दिलबिर शेर्माले लिनुभएको थियो भने अन्तरवार्ता विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम पौडेल, प्रधानाध्यापक विष्णु कुमार राइ, दमक नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत सोमनाथ गुरागाई त्यसैगरी किरात याक्थुङ् चुम्लुङ् दमक नगरसमिति अध्यक्ष देवेन्द्र चेम्जोङ्ले लिनुभएको थियो ।
छनौट भएको शिक्षकलाई प्रावि तहको तलबभत्ता नगरपालिकाबाट दिईन शिक्षा शाखा अधिकृत गुरागाईले बताए ।

 

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;