निर्वाचन आयोगद्वारा मतदाता नामावली संकलन स्थगित

 लिम्बुवान न्युज
                       

काठमाडौं। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य तत्काललाई स्थगित गरेको छ । अहिलेसम्म संकलन गरिएका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने निर्वाचन आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन पश्चात बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तत्कालका लागि सबै जिल्लाहरुमा मतदाता नामावली संकलनको काम स्थगित गरिएको जानकारी दिएका हुन् । उनले अहिलेसम्म संकलन भएका नामावलीलाई अध्यावधिक गरेर मतदाता सूचीमा नाम समावेश गरिने बताएका छन् ।

 

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...