काठमाडौं। नेपाल सरकारले आजदेखि वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई अनलाइनबाट पुन श्रम स्वीकृति दिने व्यवस्था लागु गरिएको छ ।
सरकारले अब अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने गरी सफ्टवेयरको विकास गरिसकेले आजदेखि जुनसुकै देशबाट सहज रूपमा अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
यो व्यवस्थासंगै म्याद सकिएका जोसुकैले श्रमका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हटेको छ । यसका लागि वैदेशिक रोजगारीमा जाने व्यक्तिले कल्याणकारी कोष र म्यादी बीमा वापतको रकम अनलाइनबाट बुझाउन मिल्ने व्यवस्था पनि गरिएको विभागले जनाएको छ ।