प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाईयोः आगामी शुक्रबार सुनुवाई हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा पठाएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्ध परेका १२ रिटको आज सुनुवाइगर्दै प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका गरेका छन् ।

प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा नै पठाउनु पर्ने वताएका हुन् ।

अब संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुने जनाइएको छ ।

संसद विघटनविरूद्ध संवैधानिक इजलासमा समेत एउटा रिट परेको छ । संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था रहेको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन् ।

संवैधानिक इजलासका लागि सर्वोच्चले तयार गरेको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले छान्नेछन् ।

सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार अहिले संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकासिंह राउत र सपना प्रधान मल्ल छन् ।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;