छथरमा तीन दिवसीय चासोक तङनाम मेला

 लिम्बुवान न्युज
                       

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो ।

चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको छ । समितिलाई संचालन गर्न अनिल आङखेवालाई सचिवको जिम्मेवारी सो भेलाले दिएको छ ।

कार्यक्रम तीन दिवसीय हुने जनाइएको छ । पुष १३ गते वडा स्तरिय फुटवल प्रतियोगिता, १४ गते प?लुङ् लेप्मा (छेलो हान्ने) कार्यक्रम र १५ गते विहान चासो? थिसो? अनुष्ठान कार्यक्रम गरेर दिउँसो औपचारिक कार्यक्रम चासोक तङ्नामको बारेमा कार्यपत्र प्रस्तुत साथै मातृभाषाका साहित्य वाचन कार्यक्रम र एक सय भन्दा धेरै के(च्याब्रुङ) सहित केलाङ कार्यक्रम गरिने संचारकर्मी प्रकाश पाक्सावाले वताएका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;