छथरमा तीन दिवसीय चासोक तङनाम मेला

 लिम्बुवान न्युज
                       

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो ।

चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको छ । समितिलाई संचालन गर्न अनिल आङखेवालाई सचिवको जिम्मेवारी सो भेलाले दिएको छ ।

कार्यक्रम तीन दिवसीय हुने जनाइएको छ । पुष १३ गते वडा स्तरिय फुटवल प्रतियोगिता, १४ गते प?लुङ् लेप्मा (छेलो हान्ने) कार्यक्रम र १५ गते विहान चासो? थिसो? अनुष्ठान कार्यक्रम गरेर दिउँसो औपचारिक कार्यक्रम चासोक तङ्नामको बारेमा कार्यपत्र प्रस्तुत साथै मातृभाषाका साहित्य वाचन कार्यक्रम र एक सय भन्दा धेरै के(च्याब्रुङ) सहित केलाङ कार्यक्रम गरिने संचारकर्मी प्रकाश पाक्सावाले वताएका छन् ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...