नेकपा दुवै पक्षको आज केन्द्रीय समिति बैठक बस्दै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । २९ महिना अगाडि पार्टी एकता भएको नेकपा विभाजनको अन्तिम तयारी छ । विभाजित भएको नेकपाका दुवै पक्षले आज भिन्नाभिन्नै स्थानमा केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठक बालुवाटारमा र अर्का अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि शुरु हुन लागेको हो ।

गत मंगलबार देखि छुट्टाछुट्टै बैठक बस्न थाले देखि नै पार्टी फूटिसकेको आकलन गरिएको थियो । सो समयमा दुई पक्षले फरकफरक स्थानमा बैठकको आयोजना गरेका थिए । प्रधानमन्त्री ओली समूहले ११९९ सदस्य केन्द्रीय सदस्य चयन गर्दै महाधिवेशन आयोजक समिति गठन गरेर पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ भने उक्त बैठकले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यता अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसैगरी बुधबार बसेको प्रचण्ड–माधव पक्षको बैठकले संसदीय दलको नेता पुष्प कमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

यतिवेदा नेकपा ओली पक्षहरु कागजी आधार मानेर पार्टी आधिकारिक रुपमा आफ्नो भएको दावी गर्दै छन् भने अर्को प्रचण्ड–माधव पक्ष अंकगणितलाई आधार मानेर आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;