नेकपा दुवै पक्षको आज केन्द्रीय समिति बैठक बस्दै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । २९ महिना अगाडि पार्टी एकता भएको नेकपा विभाजनको अन्तिम तयारी छ । विभाजित भएको नेकपाका दुवै पक्षले आज भिन्नाभिन्नै स्थानमा केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठक बालुवाटारमा र अर्का अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बिहान ११ बजेपछि शुरु हुन लागेको हो ।

गत मंगलबार देखि छुट्टाछुट्टै बैठक बस्न थाले देखि नै पार्टी फूटिसकेको आकलन गरिएको थियो । सो समयमा दुई पक्षले फरकफरक स्थानमा बैठकको आयोजना गरेका थिए । प्रधानमन्त्री ओली समूहले ११९९ सदस्य केन्द्रीय सदस्य चयन गर्दै महाधिवेशन आयोजक समिति गठन गरेर पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ भने उक्त बैठकले पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ (प्रकाश)लाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यता अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसैगरी बुधबार बसेको प्रचण्ड–माधव पक्षको बैठकले संसदीय दलको नेता पुष्प कमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

यतिवेदा नेकपा ओली पक्षहरु कागजी आधार मानेर पार्टी आधिकारिक रुपमा आफ्नो भएको दावी गर्दै छन् भने अर्को प्रचण्ड–माधव पक्ष अंकगणितलाई आधार मानेर आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;