खानेपानी आयोजनामा लिम्बुवानले पैसा खाएको आरोप लगाउने एकराज कोइरालाले माफी मागे

,   लिम्बुवान न्युज
                       

धरान। एडिबिबाट ऋण तथा अनुदान लिएर बन्दै गरेको धरान खानेपानी आयोजना सञ्चालन गर्न सहमति गर्दा पैसा खाएको आरोप लगाएका एकराज कोइरालाले संघीय लिम्बुवान मञ्चसँग माफी मागेका छन् ।

मञ्चका नगर, जिल्ला नेतृत्वले कोइरालाविरुद्ध प्रहरीमा उजुरी दिएपछि आज प्रहरीले उनलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा लगेको थियो । मञ्चले कोइरालाको अभिव्यक्तिप्रति आपत्ति जनाउदै पार्टीको वद्नाम गराएको भन्दै कारबाहीको माग गरेको थियो । कोइरालाले आफुसँग पैसा खाएको प्रमाण उपलब्ध गराउन नसकेपछि प्रहरी कार्यालयमा लिखितरुपमा र सार्वजनिकरुपमा नै माफी मागेका हुन् । कोइरालाले केही दिनअघि हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलहरुले पैसा खाएको अभिव्यक्ति दिदा लिम्बुवानको नाम पनि लिएका थिए ।

कोइरालाले भने आफुले पैसा खायो भनेर लिम्बुवानको नाम लिएकोमा गल्ती भएको भन्दै क्षमा मागेका छन् । मैले लिम्बुवान भनेर नाम लिएवापत गल्ती भएको हो, त्यसमा क्षमा पाउ । पत्रकार साथीहरुलाई पनि घुमाएर यस्तरी लेख्नु भयो भनेर भनेको छैन, भन्नेवाला पनि छैन,’कोइरालाले भने । नगरअध्यक्ष सञ्जुहाङ साँवा लिम्बुले ११ बुँदे सहमतिलाई आफुहरुले अस्वीकार गरेर हस्ताक्षर पनि नगरेको र विजयपुरमा खानेपानी टंकी बनाउने निर्णयविरुद्ध आन्दोलन गर्दा धेरैले कुटाइ खाएको बताउदै पैसा खायो भन्ने आरोप लगाएर वद्नाम गराउन खोजेकोले प्रहरीमा उजुरी दिएको बताए ।

उनले भने,‘प्रमाण छ भने दिनुस्, नगरकोले खाएको छ भने हामी कारबाही गछौं । केन्द्रकोले पनि खाएको छ भने कारबाहीको सिफारिश गछौं । तर, उहाँले अरु नै कुरा गर्नुभयो ।’ संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले ८५ बर्षका ज्येष्ठ नागरिकले गल्ती भयो भनेर माफी मागेको हुनाले प्रहरीमा मिलापत्र गरिएको बताए । ‘८५ बर्षका वृद्ध हुनुहुन्छ, अबदेखि यस्तो गर्दिन भनेर माफी नै माग्नुभएकोले मिलापत्र भयो, हामीले पनि उहाँलाई क्षमा दियौं,’इजमले भने ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;