प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर: नौ जनाले जिम्मेवारी पाउँदा दुईको खोसियो

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार ९ जना मन्त्री नियुक्ती गर्दा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार थप गरिएको मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार थपिएका नयाँ अनुहारहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार गर्नु अघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड यि दुई मन्त्रीहरुको पद खोसिएको छ ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा निम्नानुसार मन्त्रालयहरुको जिम्मेवारी पाएका छन् । टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साहले शहरी विकास, मणि थापाले खानेपानी तथा सरसफाई, गौरीशकर चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै विमला विश्वकर्मा भने उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...