प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् हेरफेर: नौ जनाले जिम्मेवारी पाउँदा दुईको खोसियो

,   लिम्बुवान न्युज
                       

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार ९ जना मन्त्री नियुक्ती गर्दा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार थप गरिएको मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार थपिएका नयाँ अनुहारहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार गर्नु अघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगड यि दुई मन्त्रीहरुको पद खोसिएको छ ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा निम्नानुसार मन्त्रालयहरुको जिम्मेवारी पाएका छन् । टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साहले शहरी विकास, मणि थापाले खानेपानी तथा सरसफाई, गौरीशकर चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै विमला विश्वकर्मा भने उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;