उपासनाले ल्याइन लघु चलचित्र ‘रातो टिका’

 लिम्बुवान न्युज
                       

  • आन्छुमे नसान

माङसेबुङ। नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको छ । यस अघि उनले लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरिसकेका छन् ।

नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् ।

भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् ।

गोदावरीमा छायाँकन गरिएको उक्त लघु चलचित्रमा सागर घिमिरेको स्थल ध्वनी, जेम्स तामाङको यातायात रहेको छ भने रिम्सा फिल्मस् प्रडक्सनको पोष्ट प्रडक्सन रहेको छ ।

(भिडियाे हेराैं)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;