कांग्रेसले पुष १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

 लिम्बुवान न्युज
                       

दमक। नेकपा कम्युनिष्ट पार्टीले सर्वसत्तावाद र अधिनायकवाद शैलीमा लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यत विपरित गतिबिधि गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको तयारी गरेको छ ।

पार्टीले सञ्चालन गरेको केन्द्रियस्तरको आन्दोलनको कार्यक्रम अनुसार आगामी पुष १३ गते अर्थात सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध रयाली प्रदर्शन र सभा गर्न लागेको हो । ति सभाहरुलाई पार्टीका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

यसैबीच झापा क्षेत्र नं ५ को क्षेत्रीयस्तरको विरोध प्रदर्शन तथा सभामा ब्यापक सहभागिता जनाउन पार्टीको क्षेत्रीय समितिले आन्तरिक तयारी गरेको छ । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा आज बसेको क्षेत्रीय बैठकले सो सम्बन्धि विभिन्न निर्णयहरु गरेको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।

दमकमा हुने सो सभालाई कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालसहित अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले हालै एक्कासी संसद विघटन गरेसँगै नेपाली कांग्रेस कम्युनिष्टको सर्वसत्तावाद र लोकतन्त्र विरोधी शैलीको विरुद्ध सडक संघर्षमा उत्रिएको छ ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...