किरात मोर्चा लिम्बुवानको संयोजन समिति गठन

,   लिम्बुवान न्युज
                       

विर्तामोड। किरात मोर्चा लिम्बुवान संयोजन समितिको संयोजकमा एम.डी. किराती चयन भएका छन् ।

किरात मोर्चाले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै एम.डी. किरातीको संयोजकत्वमा २२ सदस्यीय किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरेको जानकारी दिएको हो ।

नवगठित समितिको सदस्यमा पदम चोङ्वाङ्ग, चन्द्र पन्धाक, सुवास योङ्हाङ्ग, देवु राई, हेमन्त खिम्दिन, थामशेर लिम्बू, राम थेगिम, धन थाम्सुहाङ्ग, सृजङ्गा, ध्रुर्व तुम्वापो, दिनेश जवेगु, चन्द्र साँवा, प्रवेश मिभक, वी.वी. लिम्बू, अनम लिम्बू, चुनाव योङ्हाङ्ग, मेघ लिम्बु, शिव इङ्नाम, केशव आङ्वोहाङ्ग, सिमेलुङ र ओम राजधामी चयन भएका छन् । समितिको सल्लाहकारहरुमा कुसुम लिङदेन र अशोक नेम्वाङ्ग चयन भएका छन् ।

किरात मोर्चाका केन्द्रिय सदस्य सचिव मिसेकहाङ थाम्सुहाङ्गले नेपाल किरात देश पुनर्निमाण गर्ने उद्धेश्यले देशभर संगठन विस्तार गर्नेक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समिति गठन गरिएको बताए ।

नेपालको प्राचिन, सनातन सभ्यता किरात सभ्यता, किरातीजम(मुन्धुम)भएको र त्यसको जगमा मात्र देशको राष्ट्रियता, सम्प्रभुता, विकास सवल बन्न सक्ने र अन्ततगोत्वा यो देश किरातीजम र हिन्दुजमकै सहकार्य र सह अस्तित्वमा मात्र स्थीर हुन्छ भन्ने किरात मोर्चाको ठहर रहेको उनले बताए । नेपाल किरात सभ्यताको जगमा किरात देश पुनर्निमाण गर्नुपर्ने र किरात देश अन्तर्गत सवैलाई समेट्ने उनले बताए ।

कार्यक्रममा किरात मोर्चा लिम्बुवान संयोजन समितिका संयोजक एम.डी. किराती, जिल्ला संयोजक साम्योहाङ लिम्बू लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;