सुनिता र इन्द्रशुसिलको छथरे पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक
आइतबार, १२ पुष, २०७७ बिहानको ०६:४८ बजे,
लिम्बुवान न्युज
दमक। पुर्वेलि लोक गायक ईन्द्र सुशील चोङबाङ र चर्चित गायिका सुनिता थेगिमको आवाजमा सजिएको छथरे लिम्वू भाषाको पालाम् ‘फुङ हेक्के नुमा’ सार्वजनिक भएको छ । भरत थोक्लेनको शब्द संकलन तथा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष) को निर्माणमा तयार भएको पालामको लय सिर्जना भने गायक ईन्द्र सुशील चोङबाङको रहेको छ ।
पान्थरे, फेदापे लिम्बू भाषाको गित संगीत र पालाम् सुनिरहेका स्रोता तथा दर्शकहरुका लागि यो कोशेलि नयाँ हुन सक्छ । प्राय गीत र पालामहरु पान्थरे र फेदापे भाषाका मात्र रेकर्डिङ भईरहेको यो सन्दर्भमा भने छथरे लिम्बूहरुले प्रयोग गर्ने भाषाको रेकर्डिङ भएको यो दोस्रो पालाम् हो ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ र किङग् स्टुडियोमा रेकर्डिङ गरिएको सिमिक्लुङ दर्पणको प्रडक्सनमा तयार भएको लिरिकल लिप्सिङ भिडियोलाई गंगाराम राईले छायाँकन तथा सम्पादन गरेका हुन् ।
यस भन्दा अघि ६६ सालमा दिल पाक्साङ्वाको शब्दमा निरविन्दु थोक्लेन र मनु पाक्साङ्वाको आवाजमा छथरे लिम्बू लयको पालाम् रेकर्डिङ भएको थियो । धनकुटा र तेह्रथुम क्षेत्रमा प्रयोग गरिने यस भाषालाई टपक्क टिपि पालामको माध्यमबाट प्रस्तुत गरिएको छ । यो पालाम ूसिमिक्लुङ दर्पण ूयुट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...