मुख्यमन्त्री शेरधन राई विरुद्ध ३७ प्रदेश सांसदद्वारा अविश्वासको प्रस्ताव

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा ३७ जना सांसद छन् ।

यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र आङ्बोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।

शनिबारमात्र प्रदेश नं. १ का मन्त्री इन्द्र बहादुर आङ्वोलाई मुख्यमन्त्रीले कारवाही गरेका थिए ।

 

सम्बन्धित समाचार

गाेविन्द हत्याका मुख्य अभियुक्त सहित तीनजनालाई प्रहरीले गर्याे सार्वजनिक

दमक । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीन जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर प्रहरीले दमक ७ बस्ने २२...

अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु

प्रकाश पाक्साँवा तेह्रथुम १३ असोज । नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गीत संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु भएको छ । आइडलको अनलाइन आवेदन यही...

लुङधुङकाे छैटाैं साधारणसभा सम्पन्न : येहाङनगर स्मारिका विमाेचन

दमक, १३ असोज। झापाको दमक नगरपालिका वडा नं. १ स्थित लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार दमक वडा न. १ का वडासदस्य राजकर्ण राईको प्रमुखको आतिथ्यतामा संस्थाको छैटौं बार्षिक...

सहकारी यात्रा र सुदुर सम्झनाहरू

यात्रा संस्मरण सेसेहाङ चाेङबाङ ज्यान विसन्चो हुदाहुदै यात्रामा निस्कनु पर्ने भो । खै यात्राहरु त रहरले गरिने हो । यात्रामा निस्किन पाउँदा प्रसस्तै खुसी, हर्ष र उमंग हुनुपर्ने तर बाध्यताले गरे जस्तो स्वास्थ समस्याले बनाइ...