आन्छुमे नसानको निर्देशनमा ‘पोगिरो नालीफुङवा’ सार्वजनिक
आइतबार, १२ पुष, २०७७ रातीको ११:०४ बजे,
लिम्बुवान न्युज
माङसेबुङ्।गीतकार, सञ्चारकर्मी तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा निश्चल तबेबुङ लिम्बु र सुमि लावती लिम्बुद्धारा अभिनित ‘पोगिरो नालीफुङवा’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार योगेस लावती ‘चुक्सा याप्मी’को शव्द रचनामा गायक तथा संगीतकार प्रकाश सावादेनको संगीत रहेको भिडियो ‘पोगिरो नालीफुङवा’ माङसेबुङ खबर युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका स्वस्तिका सावादेन लिम्बु र नव गायक बिरेन सेर्मा लिम्बुको सुमधुर आवाजमा सजिएको गीतको संगीत संयोजन भने टेकेन्द्र यक्सोले गरेका हुन् ।
धार्मिक पर्यटकिय तिर्थस्थल माङसेबुङ परिसर वरिपरि छायाँकन गरिएको किरात धार्मिक जागरणमुलक भिडियोमा प्रविन सेलिङ ‘सेन्दो’को छायाँकन रहेको छ भने प्रभाकर आङबो र तिलक रिजालले सम्पादन गरेका हुन् ।
म्यूजिक मिडिया रेकर्डिङ स्टुडियो धरान र रिफ रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको गितको मिक्सिङ तथा मास्टरिङ विजय श्रेष्ठले गरेका छन् ।
नालीफुङवाहरुको गतिबिधिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोमा सन्तोस रिजालको मेकअप तथा सङसेमी माङयुङ र सेसेहाङ सेर्माको सहायक निर्देशन रहेको छ ।
काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...
दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...