आज कांग्रेसको १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन

,   लिम्बुवान न्युज
                       

काठमाडौं। देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । प्रमुख प्रतिपक्षी दलले रुपमा आज १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

उक्त रयाली सहितको विरोध प्रदर्शन सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता केन्द्रीय नेता लगायत नेताहरुबाट सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले विरोध प्रदर्शन कार्यक्रममा कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न समेत परिपत्र गरेको जनाएको छ ।

नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको बताएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;