सुनसरीमा लिम्बुवान प्रवेशको लहर, मञ्चलाई मेचीकाली जोड्ने –अध्यक्ष कुमार लिङ्देन ‘मिराक’

 लिम्बुवान न्युज
                       

 बालकुमार ताम्ली
धरान। धरान उपमहानगरपालिकामा लिम्बुवान मञ्चमा प्रवेशको लहर चलेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ्चमा १ सय भन्दा धेरै जना प्रवेश गरेका छन् ।

संघीय लिम्बुवान मञ्च, नेपालका समेत अध्यक्ष लिङ्देनबाट नवप्रवेशी सम्पूर्णलाई अविर लगाई मञ्चका स्वागत गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भईरहेको राजनीतिक उथलपुथलले संघीयता खतरामा परेको हुँदा पहिचान सहितको संघीयता रक्षाको लागि एकजुट हुन आग्रह गरेका छन् । उनले भने– पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्त निर्माणको यात्रासम्म मञ्च अगाडि बढ्ने बताएका छन् । अब पुरानो पार्टीहरुको अस्तित्व समाप्त हुँदै गएको हुँदा उदाउँदो शक्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेशको लहर चलेको बताएका छन् । मञ्चले मेची देखि कालीसम्म जोड्ने पुलको राजनीति गरिरहेको बताए ।
आज सो कार्यक्रममा धरान उपहानगर वडा नं. ११ को लिम्बुवान वार्ड कार्य समिति अमर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा गणेश बहादुर लिम्बु, राजन कुमार सुन्दास, सचिव लक्ष्य लिम्बु, सह–सचिव डम्बर लिम्बु, कोषाध्यक्ष किर्तीमान साँवा चयन भएका छन् भने सदस्यहरुमा टेक बहालुर लिम्बु, टेक बहादुर लिम्बू, भक्त बहादुर सार्की, रमेश राई लगायत रहेका छन् ।

यसैगरी आजै उक्त वार्डमा संघीय लिम्बुवान महिला मञ्च पनि गठन गरिएको छ । साहरा गुरुङ्को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्ष कृष्ण लिम्बू, सचिव संगिता आले मगर, सह–सचिव बविता नेयोङ, कोषाध्यक्ष निशा लाओती लिम्बू चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः कमला माया कटवाल, सविना तामाङ, अनु लामा, अस्मिता तामाङ, मनिशा लिम्बू, मधु माया दर्जी, सीता नेपाली, बुनु लिम्बू, रीता नेपाली, पवित्रा नेपाली लगायत रहेका छन् ।

आजै धरानको विभिन्न वार्डहरुबाट कांग्रेस, नेकपा पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेका छन् । प्रवेश गर्नुहुनेमा टेक माया राई, जसोदा लिम्बू, अञ्जु लिम्बू, विना विक, चिना विक, लक्ष्मी राई, सीता कुमारी नेपाली, सविना नेपाली, कविता नेपाली, शेर बहादुर नेपाली, लिला माया रम्तेल, भिम बहादुर रम्तेल, सौगत बहादुर रम्तेल, तेज बहादुर विक, पवित्रा नेपाली, डम्वर नेपाली, सम्झना नेपाली, सन्दिप नेपाली, रमेस रम्तेल, आशिष् लिम्बू, विक्रम दर्नाल, निशा गहतराज, जान सोभा, इन्द्र बहादुर मादेन, चरे दर्जि, विकाश दर्जि, रमेश दर्जि, महेस दर्जि, विमला परिवार, मेनुका परिवार, बुनु विक, हेमला दर्जि, विमल दर्जि, कमला दर्जि, सीता राई, धन कुमार राई, राजिव राई, प्रेमजिता राई, रण कुमारी विक, दिवस विक, गोपाल विक, कविता विक, लक्ष्मण विक, तारा राई, वीर बहादुर राई, सन्जित राई, सरिना राई, सुमिता राई, राज कुमार राई, सम्झना राई, शनि माया तामाङ, सन्ते बहादुर तामाङ, डम्वर तामाङ, कमला कार्की, बिष्णु बहादुर कार्की, इन्द्र बहादुर मादेन, कमला माया कटवाल, सीता विक, पुजा तामाङ, सविना तामाङ, अस्मिता तामाङ, भिम बहादुर दर्जि, संगीता आले मगर, मधु माया दर्जि, मित्र लाल तामाङ, उमेश दाहाल, गणेश कटवाल, भिम बहादुर मगर, धन बहादुर कार्की, अनिल लिम्बू, निशा लिम्बू, योगेन राई, सन्दिप लिम्वु, मनिशा लिम्बू, सरोज तामाङ, कविता तामाङ, विनिता तामाङ, टेक बहादुर लिम्बू, पवित्रा मादेन, इन्द्र बहादुर श्रेष्ठ, हर्क माया प्रदान, ध्यान बहादुर मगर, दिपक राई, साजन राई, रमेश राई, जोगधन राई, बसन राई, रस्तामान राई, डम्वर लिम्बू, वसन्त राई, अनिल कुमार लिम्बू, रत्न बहादुर लिम्बू, आइति माया लिम्बू, गंगा माया राई, अनु खड्का, टेक माया राई, शान्तिकला राई, मन कुमार मगर, इन्द्र मादेन (हनेरी क्याप्टेन), दल बहादुर लिम्बू (भुपु सार्जन), आशिष् लिम्बू, विक्रम लिम्बू, मनि कुमार इम्सङ् लिम्बू लगाएत १०३ जना भन्दा बढी संघीय लिम्वुवान मञ्चमा पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रम धरान नगर अध्यक्ष सञ्जुहाङ सावाको सभाध्यक्षता त्यसैगरी राजकुमार सुन्दासको स्वागत मन्तव्य र जिल्ला सचिव निर्मल राईको संचालनमा भएको थियो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवी पन्धाक, कृष्णमान थेवे, उपमहासचिव तथा महिला अध्यक्ष इन्दीरा मेन्याङ्बो, संघीय अर्थ सचिव विष्णु यक्सो, केन्द्रीय सचिव भुपेन्द्रसुन्दर लावती, गजेन्द्रमान चोङ्बाङ् क्याक, पूर्णकला तेयुङ, दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, उपाध्यक्ष बलराम सदा, लिम्बुवान सचिवालय सदस्य सजन याक्खा, विवि लिङ्देन, सावित्री पन्धाक, चन्द्र लावासा, सुर्य आङबुहाङ, केन्द्रीय नेता अनुप राई, कुमार थेम्सुहाङ, जिल्ला अध्यक्ष अमर इजम लगायत नेताहरुको शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक

ललितपुर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र 'सेमिफुङ'को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो । निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण...

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ शुरूः १० दिन चल्ने

दमक, २ फाल्गुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र...

दिपेन्द्र शिखर इलामले चुम्याे ‘पवित्रहाङमा गोल्ड कप २०८१’ काे उपाधी

दमक, २ फाल्गुन । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई...

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...