आज दमकमा लिम्बुवानको विरोधसभा

,   लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोध सभा आज गर्दैछ ।

दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९ ले दिएको अग्राधिकारलाई वेवास्ता गर्दै त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम दर लगाई ओली सरकारले जनतालाई सुकुम्बासी बनाउने षडयन्त्र विरुद मञ्चले विरोध सभा आयोजना गरेको हो ।

आजको यस सभालाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरित भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगत देखि नै आपत्ती जनाउँदै आईरहेको छ ।

दमककमा विकासको नाममा अर्बौ पैसा भित्राएको ओलीको दावीको पछि लागेका स्थानीय नेताहरुको घमण्डले विकास हुन नसक्ने लिम्ुबवान नेता भानु भट्टराई बताउँछन् ।

कार्यक्रम मध्यान्ह १२ बजे देखि नगर परिक्रममा गरेर दिउँसो १ बजे देखि गणतन्त्र चोकमा सभा आयोजना गरिने कार्यक्रम संहसंयोजक मञ्चका केन्द्रीय सचिव धनराज सुब्बाले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;