मेरिङ्देनमा लिम्बुवान मञ्च गठन

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको वार्ड कमिटी गठन गरेको छ । मेरिङ्देन गाउँपालिका समितिको आयोजनामा वडा नं. १ मा अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।

जिल्ला कार्य समिति भुपेन्द्र मावोको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रमले अम्बुहाङ एभेङको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरिएको छ । समितिमा उपाध्यक्ष बृखबहादुर एभेङ र सुमित्रा राई एभेङ, सचिव राम एभेङ, सहसचिव शशिकला एभेङ, अर्थसचिव राजकुमारी एभेङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जितबहादुर एभेङ, भीमबहादुर एभेङ, असन एभेङ, केबलकुमार एभेङ, बुद्धिबहादुर एभेङ, बीरध्वोज एभेङ, हर्कजित एभेङ , नरमाया एभेङ, सबिन एभेङ, पूर्णहाङ एभेङ, देविन्द्र एभेङ, सन्तोष एभेङ, आसवीर एभेङ, गजेन्द्रकुमार एभेङ, गजेन्द्रसिंह एभेङ, सलबहादुर एभेङ, बिर्ख फावेन, प्रकाश एभेङ, मिथुन एभेङ, मिलन एभेङ, किरण एभेङ, सोमबारी ओख्राबु र कमला एभेङ रहेका छन् ।

उक्त वार्ड समिति गठन कार्यक्रममा जिल्ला उपाध्यक्ष रुपा चोङ्वाङ, सचिव अशोक मादेन, युवा मञ्चका नेता सन्दिप लिवाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;