अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिताको बिजेता बनिन् चाईना योङ्या सेर्मा

 लिम्बुवान न्युज
                       

दमक। किरात याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको सिरिजंगा सांस्कृतिक विभाजद्वारा आयोजित लिम्बू अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिता पाँचथरकि चाईना योङया सेर्मा बिजयी भएकी छन् । विजयी सेर्माले ५० हजार हात पारिन् ।

चासोक तङ्नाम २०७७ को अवसर पारेर किरात याक्थुङ् चुम्लुङ्को केन्द्रीय कार्यालय ललितपुरमा विजयी प्रतियोगीहरुलाई केन्द्रीय अध्यक्ष योगराज वनेम र महासचिव निरन्ती तुम्बापोको हातबाट पुरस्कार प्रदान गरिएको छ ।

लिम्बु मौलिक भेष भुसा र कला, संस्कृतिको संरक्षण साथै प्रवद्र्धन गर्न सेप्टेम्बर ७ बाट नोभेम्बर ७ तारिख दुई महिनासम्म चलेको उक्त प्रतियोगितामा १६५ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अन्तिम नतिजा भने सन् २०२० नोभेम्बर १५ का दिन सार्वजनिक गरिएको हो ।

उक्त प्रतियोगितामा लालीगुराँस, तेह्रथुमकी नुमा माबुहाङ्ले दोस्रो हुँदै ३० हजार हात पारिन भने धरान, सुनसरीकि रोजनी तेयुङ्ले तेस्रो हुँदै १५ हजारमा चित्त बुझाएकि छन् । त्यसैगरी सान्तवना हुँदै धरान सुनसरीका सक्षम लिम्बुले ५ हजार पारेका छन् ।

यस टिकटक प्रतियोगितामा उत्कृष्ट पाँच भिडियोलाई जुरी अवार्ड प्रदान गरिएको छ । एक के योङहाङ्, कृष्ण माबुहाङ्, उमा सम्बाहाम्फे, नुमा तिलिङ् र विना पन्धाकले उक्त अवार्ड जितेका छन् ।
कार्यक्रमको निर्णायकमा यासेली योङहाङ, मौसम लिम्बु –फु?लेन्देको बाउ) र युवेन तुम्बापो रहनुभएको थियो ।

विश्वव्यापी कोरोना भाइरस(कोभिड१९) को महामारी र लडाउनका कारण निकै लामो समयसम्म स्थगन गरिएको पुरस्कार वितरण कार्यक्रम चासोक तङ्नामको अवसरमा पारेर बुधबार वितरण गरिएको चुम्लुङ् दक्षिण कोरियाका अध्यक्ष अग्नी पन्धाक मिराकले जनाएका छन् ।

कार्यक्रम सम्पन्न गर्न सिरिजंगा साँस्कृतिक विभाग कियाचु दक्षिण कोरियाका संयोजक शान्तिला पालुहङ्वा र सहसंयोजक सन्तोष खेवाको विशेष भूमिका रहेको थियो । यस कार्यक्रमलाई सफल पार्न समशेर पन्धाक, मिराक लिम्बु –अग्नी), प्रवेश फियाक, सागर माङ्मु, सुन्दरदिप आङ्देम्बे, सन्तोष मादेन, युगल किशोर सेर्मा, हेम्बु ईजम, शुभद्रा पालुङ्वा, सुमन हाङसोरोङ्, दिवा वारुमहाङग र अर्जुन तुम्बापोले प्रयोजन गर्नुभएको थियो भने कार्यक्रमको संरक्षकमा शमशेर पन्धाक, संरक्षक सदस्यमा कुविर लिङदेन, गणेश मेन्याङबो रहेका थिए । त्यसैगरी सल्लाहकारहरुमा मौसम इम्बुङ –फुलेन्दे को बाऊ), यासेली योङहाङ र गोविन्द आङ्बुहाङ रहेका थिए ।

 

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...