लिम्बु कथामा आधारित चलचित्र ‘सुनौली रुपौली’ बन्ने

,   लिम्बुवान न्युज
                       

 

लिम्बुवानखबर संवाददाता । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।

याक्थुङ फिल्म्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन भने हाङ् चेम्जोङ्ले चलचित्रको निर्देशन गर्ने भएका छन् । चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पुर्णबहादुर सेलिङ निर्माता रहेका बताइएको छ ।

लिम्बु जातीमा छोरीचेलीको हक, अधिकार, संरक्षण र सम्बर्द्धनको लागि हारेक माइतीले लिइने रीत ‘सुनौली रुपौली’को बिषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ । चलचित्रमा भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङ लगायत कलाकारहरुको अभिनय रहने बताइएको छ भने केही कलाकारहरु प्रतिस्पर्धा मार्फत छनौट गर्ने निर्देशक चेम्जोङले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;