लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस लिम्बु

,   लिम्बुवान न्युज
                       

बहराईन । संघीय लिम्बुवान सामाजिक मञ्च बहराइनको अध्यक्षमा दुर्गा विवस निर्विरोध निर्वाचित भएको छ । बुधबार सम्पन्न मञ्चको तेस्रो अधिवेशनबाट लिम्बु निर्वाचित भएका हुन् ।

बहराइनमा आयोजित तेस्रो ऐतिहासिक अधिवेशनले लिम्बुको अध्यक्षतमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षहरुमा सनम माखिम, पूर्ण लक्सम्बा, उपाध्यक्षहरुमा सेर बहादुर लुम्फुङवा, हरिस लावती, नरबहादुर याक्खा, चितमाया कङलिवा, छत्र संयोक्पा लिम्बु रहेका छन् । त्यसैगरी महासचिवमा अशोक इवा, उपमहासचिवमा विजय मेन्याङबो, सचिवमा मोहन आङला, सहसचिवहरुमा खिर लिम्बु, दिपक ईवा, त्यसैगरी अर्थसचिवहरुमा हेमराज थाङसुहाङ र अनमोल एक्तेन निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले सदस्यहरुमा भक्त लिम्बु, रिता लिम्बु तुम्बापो, बिश्व चेम्जोङ, सुनिता लिम्बु, गणेश रिमाल, दिपा कन्दङ्वा, सानी राई, ज्ञान ईवा, सानो माया चोङबाङ, रन्जना राई, सानु माया पन्धाक र संस्थापक सदस्यमा मीन कुमार थेगिम निर्वाचित भएका छन् ।

उक्त अधिवेशनले बिशेष सल्लाहकारहरुमा टंक राज जबेगु, भिम लक्सम, बादल श्रेष्ठ, अमित केरुङ चयन भएका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;