हुक्पा चोङबाङ कल्याण संघको प्रशिक्षण कार्यक्रम

 लिम्बुवान न्युज
                       

मेयङलुङ्, १७ मंसिर । हुक्पाचोङबाङ कल्याण संघ केन्द्रिय कार्यसमितिको आयोजनामा जिल्ला स्तरीय १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा तेह्रथुम जिल्ला कार्यसमितिका पदाधिकारी तेह्रथुम स्थित विभिन्न स्थानीय तहका वडा समितिका पदाधिकारी र हुक्पाचोङबाङ बन्धुहरुको उपस्थिति रहेको कार्यक्रम कल्याण संघका केन्द्रिय उपाध्यक्ष मोहन कुमार हुक्पाचोङबाङको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको थियो ।

विभिन्न बिषय बस्तु निर्धारण गरेर गरिएको प्रशिक्षण कार्यक्रममा संस्थागत बिकास र अवधारणा सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय उपाध्यक्ष मदनकुमार हुक्पाचोङबाङले गर्नुभएको थियो भने संस्थाको बिधान र नियमावली सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय महासचिव भगत हुक्पाचोङबाङले गराउनुभएको थियो ।

त्यसैगरी नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय सचिब सेसेहाङ हुक्पाचोङबाङले गराउनु भयो भने संस्थाको आर्थिक परिचालन र कोष सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय सदस्य महेष हुक्पाचोङबाङले गर्नुभएको थियो ।

हुक्पाचोङबाङ बन्धुहरुको संस्थागत बिकास गर्ने उदेश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रम उपलब्धि मुलक भएको सहभागीहरुको धारणा रहेको थियो । कार्यक्रममा सामाजिक अगुवा कृष्ण हुक्पाचोङबाङले सुझाव मन्तव्य समेत राख्नुभएको थियो ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...