हुक्पा चोङबाङ कल्याण संघको प्रशिक्षण कार्यक्रम

 लिम्बुवान न्युज
                       

मेयङलुङ्, १७ मंसिर । हुक्पाचोङबाङ कल्याण संघ केन्द्रिय कार्यसमितिको आयोजनामा जिल्ला स्तरीय १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा तेह्रथुम जिल्ला कार्यसमितिका पदाधिकारी तेह्रथुम स्थित विभिन्न स्थानीय तहका वडा समितिका पदाधिकारी र हुक्पाचोङबाङ बन्धुहरुको उपस्थिति रहेको कार्यक्रम कल्याण संघका केन्द्रिय उपाध्यक्ष मोहन कुमार हुक्पाचोङबाङको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको थियो ।

विभिन्न बिषय बस्तु निर्धारण गरेर गरिएको प्रशिक्षण कार्यक्रममा संस्थागत बिकास र अवधारणा सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय उपाध्यक्ष मदनकुमार हुक्पाचोङबाङले गर्नुभएको थियो भने संस्थाको बिधान र नियमावली सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय महासचिव भगत हुक्पाचोङबाङले गराउनुभएको थियो ।

त्यसैगरी नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय सचिब सेसेहाङ हुक्पाचोङबाङले गराउनु भयो भने संस्थाको आर्थिक परिचालन र कोष सम्बन्धि प्रशिक्षण संघका केन्द्रिय सदस्य महेष हुक्पाचोङबाङले गर्नुभएको थियो ।

हुक्पाचोङबाङ बन्धुहरुको संस्थागत बिकास गर्ने उदेश्यले आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रम उपलब्धि मुलक भएको सहभागीहरुको धारणा रहेको थियो । कार्यक्रममा सामाजिक अगुवा कृष्ण हुक्पाचोङबाङले सुझाव मन्तव्य समेत राख्नुभएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...