लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्षमा पुनः रेखा राई निर्वाचित

 लिम्बुवान न्युज
                       

कतार, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कतारमा सम्पन्न अधिवेशनले पुनः रेखा राईको अध्यक्षतामा ६२ सदस्यीय नयाँ कार्य समिचि चयन गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको जुम मार्फत प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा अर्को कार्यकालका लागि डम्बर लिवाङ मिसेक निर्वाचित भएका छन् । यसरी नै उपाध्यक्षहरुमा कुमार योङहाङ, तेज बहादुर थेवे, लोक बहादुर कुरुम्बाङ्, युवराज बेघा, श्याम (सागर) तुम्बाहाम्फे, तुलसी मिभक, गजेन्द्र चेमजोङ र नन्दकुमार माबो चयन भएका छन् भने महासचिव सुजन पराहाङ चुनिएका छन् ।

यसरी नै उपमहासचिवहरुमा नगेन्द्र लिङदम मौसम, खेसेहाङ होम फियाक र प्रवक्ता भविन्द्र तुम्बापो ताङसाहाङ छन् । सचिवहरु अमिर लावती, अमृत कुरुम्बाङ, दिपेन सेनेहाङ, खगेन नेम्बाङ, मन्जु सावा, अर्थसचिव टिका मिभक, सहअर्थ सचिवहरुमा डिकलाल लिङदम र पर्शुराम चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा श्रीहाङ जबेगु, याम ब. काङवा, श्यामकुमार लिम्बु, युमन नेम्बाङ, दिपेन चेमजोङ र देउ बहादुर लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रिय सदस्यहरुमा नेत्र तावाहाङ, उपेन्द्र ठटाल, मन कुमार लिवाङ, सुजन मावो, रमेश राई, मोहन केदेम, खगेन्द्र राई, अर्जुन लक्सम्बा, मिन बहादुर तुम्सा, मिथुन प्रसाद सिगु, नवीन ताम्लिङ, नवीन मादेन, योग नेयोङ, नवीन धामी, मनकुमार केरुङ, तारा सोदेम्बा लिम्बु, टिकाराम सेरेङ चोङबाङ, मनिष लिम्बु, गौतम सामी लिम्बु, लिलाम लिम्बु, विनोद लिम्बु, पदम पङयाङगु, युकेश नेम्बाङ, ललित बहादुर लिम्बु, खिर बहादुर लिम्बु, आशिष बेघा, दिलु लिम्बु, सुमी गुरुङ, अन्जु राई, चन्द्रकला तामाङ, कोपिला राई, भावना राई, प्रमिता लिम्बु र शुसिला बेघा निर्वाचित भएका छन् ।

अधिवेसनले संरक्षकमा यतु कुमार सम्बाहाम्फे, प्रमुख सल्लाहकारमा सिताराम थेवे, विशेष सल्लाहकारहरुमा प्रेम आङबुहाङ र मंगलसिङ वनेम त्यसैगरी सल्लाहकारहरुमा नरेन साँवा र राम ओख्राबुलाई चयन गरेको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा कतारस्थित विभिन्न सामाजिक संघसस्था, राजनैतिक संगठन र मोर्चाका प्रतिनिधिहरु, एनआरएनए एनसीसी कतारका अध्यक्ष मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मिया, नेपाली जनसम्पर्कसमिति कतारका कार्यवाहक सभापति ठाकुर परियार, नेपाली समाज कतारका कार्यवाहक अध्यक्ष तेज मोक्तान तामाङ, जनप्रगतिशिन मञ्च कतारका बरिष्ठ उपाध्यक्ष राज देवकोटा, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रवासस्थित अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च का संयोजक चन्द्र कुमार लिङदेन लगायत विभिन्न राष्ट्रबाट संघिय लिम्बुवान सामाजिक मञ्चको प्रतिनिधिहरुले समेत जुम मार्फत अधिवेसनको शुभकामना सन्देश दिएका थिए ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...