लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्षमा पुनः रेखा राई निर्वाचित

,   लिम्बुवान न्युज
                       

कतार, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कतारमा सम्पन्न अधिवेशनले पुनः रेखा राईको अध्यक्षतामा ६२ सदस्यीय नयाँ कार्य समिचि चयन गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको जुम मार्फत प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा अर्को कार्यकालका लागि डम्बर लिवाङ मिसेक निर्वाचित भएका छन् । यसरी नै उपाध्यक्षहरुमा कुमार योङहाङ, तेज बहादुर थेवे, लोक बहादुर कुरुम्बाङ्, युवराज बेघा, श्याम (सागर) तुम्बाहाम्फे, तुलसी मिभक, गजेन्द्र चेमजोङ र नन्दकुमार माबो चयन भएका छन् भने महासचिव सुजन पराहाङ चुनिएका छन् ।

यसरी नै उपमहासचिवहरुमा नगेन्द्र लिङदम मौसम, खेसेहाङ होम फियाक र प्रवक्ता भविन्द्र तुम्बापो ताङसाहाङ छन् । सचिवहरु अमिर लावती, अमृत कुरुम्बाङ, दिपेन सेनेहाङ, खगेन नेम्बाङ, मन्जु सावा, अर्थसचिव टिका मिभक, सहअर्थ सचिवहरुमा डिकलाल लिङदम र पर्शुराम चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा श्रीहाङ जबेगु, याम ब. काङवा, श्यामकुमार लिम्बु, युमन नेम्बाङ, दिपेन चेमजोङ र देउ बहादुर लिम्बु निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रिय सदस्यहरुमा नेत्र तावाहाङ, उपेन्द्र ठटाल, मन कुमार लिवाङ, सुजन मावो, रमेश राई, मोहन केदेम, खगेन्द्र राई, अर्जुन लक्सम्बा, मिन बहादुर तुम्सा, मिथुन प्रसाद सिगु, नवीन ताम्लिङ, नवीन मादेन, योग नेयोङ, नवीन धामी, मनकुमार केरुङ, तारा सोदेम्बा लिम्बु, टिकाराम सेरेङ चोङबाङ, मनिष लिम्बु, गौतम सामी लिम्बु, लिलाम लिम्बु, विनोद लिम्बु, पदम पङयाङगु, युकेश नेम्बाङ, ललित बहादुर लिम्बु, खिर बहादुर लिम्बु, आशिष बेघा, दिलु लिम्बु, सुमी गुरुङ, अन्जु राई, चन्द्रकला तामाङ, कोपिला राई, भावना राई, प्रमिता लिम्बु र शुसिला बेघा निर्वाचित भएका छन् ।

अधिवेसनले संरक्षकमा यतु कुमार सम्बाहाम्फे, प्रमुख सल्लाहकारमा सिताराम थेवे, विशेष सल्लाहकारहरुमा प्रेम आङबुहाङ र मंगलसिङ वनेम त्यसैगरी सल्लाहकारहरुमा नरेन साँवा र राम ओख्राबुलाई चयन गरेको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा कतारस्थित विभिन्न सामाजिक संघसस्था, राजनैतिक संगठन र मोर्चाका प्रतिनिधिहरु, एनआरएनए एनसीसी कतारका अध्यक्ष मुक्तदा मुसलमान, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मिया, नेपाली जनसम्पर्कसमिति कतारका कार्यवाहक सभापति ठाकुर परियार, नेपाली समाज कतारका कार्यवाहक अध्यक्ष तेज मोक्तान तामाङ, जनप्रगतिशिन मञ्च कतारका बरिष्ठ उपाध्यक्ष राज देवकोटा, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवार, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रवासस्थित अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्च का संयोजक चन्द्र कुमार लिङदेन लगायत विभिन्न राष्ट्रबाट संघिय लिम्बुवान सामाजिक मञ्चको प्रतिनिधिहरुले समेत जुम मार्फत अधिवेसनको शुभकामना सन्देश दिएका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;