सागर केरुङद्वारा निर्देशत ‘ईहुहु’ भिडियोमा सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौ, १८ मङ्सिर । लिम्बु भाषाको जागृतिमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।

सागर केरुङको शब्द तथा संगीत रहेको गीतलाई नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन । याक्थुङ् फिल्मसको प्रस्तुति रहेको गीतमा निर्माता चन्द्रकला सावा रहेकी छिन् ।

छायाङ्कन सञ्जय आचार्यको रहेको छ भने ड्रोन अपरेटर फुङ्सो जबेगु, शृङ्गार अमृता जबेगु, सम्पादन निस्चल आचार्य र मोनिकुमार ताम्लिङको एरेन्ज रहेको छ ।

जिर्ण अवस्थामा रहेको लिम्बू जातिको भाषा, लिपि, संस्कार, संस्कृति र इतिहासलाई जनजागरण गीतको रुपमा यो गीतलाई निर्माण गरिएको निर्देशक सागर केरुङ्ले बताए ।

भिडियो हेर्नुस्

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...