लिम्बुवान महिला मञ्च सुनसरी अध्यक्षमा पुनः सरस्वती सुब्बा

,   लिम्बुवान न्युज
                       

धरान, १८ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्च, सुनसरी जिल्लाको तेस्रो अधिवेशनले पुनः सरस्वती सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा संघीय मोदरको उपमा पाएकी नेतृ सावित्रा लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला इन्चार्ज प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावतीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमले अध्यक्ष सुब्बाको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा बिष्णुकुमारी लिम्बु (निस्ता), सुखमाया लिम्बु, धनमाया लिम्बु, अनुराधा लिम्बु, मनमाया लिम्बु र गंगा राई, सचिवहरुमा पवित्रा चोङबाङ, सरस्वती मगर लिम्बु र सुमित्रा खेवा छन् भने अर्थसचिवमा गीता लिम्बु चयन भएकी छन् ।
यसैगरी सदस्यहरुमा विमला लिम्बु, दिलकुमारी लिम्बु, विनु लिम्बु, शशी कोइराला, निरु लिम्बु, देवीमाया भण्डारी, मनु राई, चन्द्र वनेम, दिला वनेम, चित्रानी वनेम, देवीमाया लिम्बु, निर्मला सुहाङ, कृष्ण कुमारी सुब्बा लिम्बु र संगीता लिम्बु केरुङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सल्लाहकारमा नन्दकुमारी लिम्बुलाई जिम्मेवारी दिइएको लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवान खबरलाई वताएका छन् ।

धरान उपमहानगर अध्यक्षमा नर्वदा

यसैगरी आजै भएको संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगर समितिको अध्यक्षमा नर्वदा लिम्बु पुनः निर्वाचित भएकी छन् । उपाध्यक्षहरुमा संचमाया लिम्बु, विमला लिम्बु, सुलोचना लिम्बु, गायत्री लिम्बु र पवित्रा लिम्बु चयन भएका छन् भने सचिवहरुमा सरिता लिम्बु, नुमा नयङ लिम्बु र कमला लिम्बु रहेका छन् । अर्थसचिवमा ललिता लिम्बुले जिम्मेवारी पाएकी छन् ।

त्यसैगरी सल्लाहकारमा पद्मा लिम्बु चयन हुँदा सदस्यहरुमा सरस्वती लिम्बु, मिना गुरुङ, शान्ती लिम्बु, सम्झना लिम्बु, सुनमाया लिम्बु, लक्ष्मी लिम्बु, उमा लिम्बु राई, सीता लिम्बु, चन्द्रमाया लिम्बु, खेमु कुमारी लिम्बु, मंजिला लिम्बु, बन्दना लिम्बु, सुमन लिम्बु, यम माया लिम्बु, उर्मिला लिम्बु, अरविना लिम्बु, मिना श्रेष्ठ, अमृता लिम्बु, सुनिता खजुम लिम्बु, फूलमाया लिम्बु, कल्पना लिम्बु, सुस्मा लिम्बु र हिमाली फेउदिन रहका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;