तामाङसालिङ अध्यक्षमा मिङमाङ लामा निर्वाचित

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङमार लामा निर्वाचित भएका छन् । आज (शनिबार) काठमाडौं बौद्धमा आयोजित प्रथम प्रान्तीय अधिवेशनले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा चयन गरिएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि अध्यक्ष लिङदेनले तामाङसालिङबासी तामाङ लगायत आदिवासी, दलित, खस, थारु, मधेशी, मुश्लिम समुदायको हकहितको लागि आफू अझैपनि अग्रमोर्चामा लड्ने बताए । पहिचानको आधारमा १०+१ प्रान्त नबनेसम्म मञ्च निरन्तर मुद्दामा केन्द्रित रहेर अघि बढ्ने बताएका छन् । उनले भने लिम्बुवानको जगबाट शुरु भएको पहिचानको यात्रा खसानसम्म नपुगेसम्म यात्रा जारी राख्ने बताए ।

आजै सम्पन्न बन्दसत्रले लामाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । समितिको उपाध्यक्षहरुमा धनबहादुर लेपचन, मनबहादुर तामाङ, डा. दिलबहादुर थोकर तामाङ, लेङ तामाङ, नुर्पू गेन्जेन शेर्पा निर्वाचित भएका छन् । महासचिवहरुमा अजय तामाङ, गोपाल तामाङ र पदम तामाङ त्यसैगरी उपमहासचिवमा दोर्जे तामाङ, सुमन भोटे (साङग्युर तामाङ), राकेश तामाङ छन् । सचिवमा निमा दोर्जे शेर्पा, अनुस्का लामा, अविनास गोले तामाङ, छन्तसिङ तामाङ र सम्झना तामाङ चयन भएका छन् । त्यसैगरी अर्थसचिवमा छिरिङ लामाले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा फुर्वा दोर्जे लामा, कर्मा तेन्जीङ लामा, रेशम योन्जन, सुमन राम माझी, सत्यमान तामाङ, विनोद गुरुङ, विशाल मोक्तान, मिङमार दिकी शेर्पा, साङगे शेर्पा, शुभसिङ तामाङ धनबहादुर तामाङ, वीर बहादुर तामाङ, सोनाम तामाङ, सुभास तामाङ र कृष्ण तामाङ चयन भएका छन् । यसैक्रममा सदस्यहरुमा फुर्वा दोर्जे लामा, विर्ख बहादुर तामाङ, पासाङ लामा, कर्मा लंगदोक लामा, दावा जाङबो शेर्पा, पुर्ण तामाङ, सूर्य बहादुर तामाङ, सुक बहादुर तामाङ, रामकाजी तामाङ, दावा तामाङ पाख्रिन, सत्यमान तामाङ स्याङतान, अस्मिता स्याङतान, कृष्ण लामा, अशोक पाख्रिन, सुमन तामाङ, काले शेर्पा र दुवाक सिङ तामाङ निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनमा एविश्चा लाबुङ तामाङको संयोकमा संघीय तामाङसालिङ महिला मञ्च गठन भएको छ । सदस्यहरुमा सुक डोल्मा लामा, सुधा मोक्तान, निर्मला तामाङ, कान्छी तामाङ, सम्झना तामाङ, रोजीना तामाङ, सुकमाया तामाङ, विमला तामाङ, ङिमा डोल्मा तामाङ, ठूलीमाया तामाङ, निशा लिम्बु रहेका छन् ।

कार्यक्रममा उपाध्यक्ष तथा माननीय प्रदेश १ का राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, संघीय अर्थसचिवद्वय विष्णु यक्सो, दिपा हाङस्रोङ लिम्बु लगायत नेताहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संघीय सदस्यहरु चन्द्र लावासा कन्दङवा, सुर्य आङबुहाङ, एविश्चा लाबुङ, लिम्बुवान उपत्यका अध्यक्ष मिक्तोक लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;