संघीयता रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन – पूर्व प्रधानमन्त्री नेपाल

 लिम्बुवान न्युज
                       

दमक, २० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् ।

गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले लोकतन्त्र ,धर्म निरपेक्ष ,गणतन्त्रको रक्षा गर्न सत्तारुढ दलहरुवीच आगामी निर्वाचनसम्म दलीय गठबन्धन कायम रहने जोड दिए ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले सोमबार दमकमा आयोजनामा गरेको प्रदेशस्तरिय खेलकुद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले भने ,–‘ आउने सवै निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले झन सफलता हासिल गर्ने छ ,त्यसमा द्धिवीधा छैन् ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमकमा आयोजित प्रदेशस्तरिय खेलकुद कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ओलीको अहंमताका कारण कम्यूनिष्ट पार्टी विभाजित हुन पुगेकाले अवको निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने दावी गरे ।

कार्यक्रममा पार्टीका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष समेत रहेका प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले लोकतन्त्र, संघीयताको कार्यान्वयन गर्दे देशलाई समृद्धि तर्फ लैजान देशको साझा चुनौती भएको उल्लेख गरे ।

त्यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्यूनिष्टको नाममा पलायन तर्फ उन्मुख भएकाले त्यसको बिकल्पमा देशभक्ति कम्यूनिष्टका एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको जोड दिए ।

१ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाबाट विभिन्न बिधाका खेलाडीहरु सहित पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गरेका थिए । पार्टीका दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश इञ्चार्ज हंसराज वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा विभिन्न बिधाका खेलाडीहरुले खेलको नमुना प्रस्तुत गरेका थिए ।

सो अवसरमा खेलकुदको व्यवसायिक बिकास, राष्ट्रिय खेलकुद नीति, खेल क्षेत्रका सम्भावना र चुनौतीहरुका बिषयमा पनि प्रशिक्षण सञ्चालन भएको एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...