लिम्बुवान सामाजिक मञ्च बेल्जियम गठन, अध्यक्षमा देउमान सुब्बा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २१ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल प्रवास समिति बेल्जियम समिति गठन भएको छ । मंगलबार देउमान सुब्बाको अध्यक्षतामा १३ सदस्यीय संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बेल्जियम गठन भएको हो ।

अन्तराष्ट्रिय प्रवास समन्व मञ्चका संयोजक चन्द्रकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा भर्चुअल जुममार्फत भएको कार्यक्रमबाट समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर बहादुर लिम्बु, उपाध्यक्षहरुमा बाल सेनेहाङ, मनरुपा लिम्बु रहेका छन् भने महासचिवमा इन्दीरा थेवे, उपमहासचिवमा तनिसा सेनेहाङ, अर्थसचिव शुशिला सुब्बा र अर्थ–सहसचिव सुगा थेवे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा एस सेनेहाङ, अस्मिता लिम्बु र सुमी बराईली रहेका छन् । त्यसैगरी सल्लाहकारमा विनु लिम्बु र पुपुसा खपाङ्गी चयन भएका छन् । संघीय मञ्चको हाल १२ वटा प्रवासहरुमा संगठन विस्तार भइसकेको छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...