एल.भी. केन्द्रीय कमाण्डरमा पुनः लावती निर्वाचित

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ, २३ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सको तेस्रो भेलाले पुनः थाङसाङ लावतीलाई केन्द्रीय कमाण्डरको जिम्मेवारी दिएको छ ।

लिम्बुवान प्रान्तीय महासचिव समेत रहेका लावती दोस्रो कार्यकालको लागि पुनः कमाण्डर बनेका हुन् ।

मंगलबार मिक्लालुङ टाँडीमा भएको एलभीको तेस्रो राष्ट्रिय भेलाको राती अबेर शुरु भएको बन्दसत्रले लामो कसरत पछि भोलेन्टियर्स केन्द्रीय कमाण्ठ गठन भएको हो । भोलेन्टियर्सको पाँच सहकमाण्डरहरुमा प्रवक्ता काजीमान ओख्राबो, संगठन विभाग गणेश मिभक, प्रशिक्षण विभाग प्रमुखमा सन्तोष तुम्बापो, न्याय तथा समन्वय विभागमा अमन धिमाल र आर्थिक विभागमा प्रमुखमा भुपाल चेम्जोङ खाम्बेकलुङ सर्वसम्मतबाट चयन भएका छन् ।

यसरी नै केन्द्रीय सिनियर उपकमाण्डरहरुमा याम थेवे, हाईजन लिम्बु, एल.भी. लिम्बु, कैलाश गुरुङ, राम नेयोङ, मणि थेगीम, सुमन सम्बाहाम्फे, अदत लिम्बु, जितेन्द्र चेम्जोङ, विश्वु लिम्बु, विजय प्रसाद चेम्जोङ, रमेशमान तामाङ, मिहाङ सम्बाहाम्फे, हेम राई (मेहाङ), बसन्तराज योङहाङ, करण शेर्पा, विकास ठाडा मगर, विशाल लावती, पूर्ण कुरुम्बाङ, राजकुमार लिम्बु (वनेम) र डिल्लीश्वर लिम्बु चयन भएका छन् ।

यसरी नै केन्द्रीय उपकमाण्डरहरुमा एकराज खवास, कमल मुखिया, साजन लिम्बु जवेगु, शनिल लिम्बु, अमृत वि.क., साजन लिम्बु, बसन्त मेन्याङबो, विराज एक्तेन, जिवन लिम्बु चेम्जोङ, मनकुमार तुम्खेवा, गणेश मावो, दिपेन तुम्खेवा, प्रशान्त राई, सुजन कुरुम्फङ, आईन्द्र लिम्बु, राजकुमार लिम्बु –वनेम), राजु लिम्बु, पूर्ण बहादुर लिम्बु खेवा, प्रेम लिम्खिम, सन्दिप लिम्बु, साजन पयाङगु, सुरज सम्बाहाम्फे, कपिल लिम्बु, पूर्ण सुहाङ –मिङसो), संचराज माबो लिम्बु, राज कुमार चेम्जोङ, मण्डेम लिम्बु, नवराज राई रहेका छन् ।

लिम्बुवान भोलेन्टियर्सको सुप्रिम कमाण्डर संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पार्टीको विधानको अनुसूची ५ अनुसार सफत गराउनु भएको उक्त कार्यक्रमबाट नौ जिल्ला लिम्बुवानमा कम्तिमा ३ हजार कार्यक्रम गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;