मंसिर २३ गते संघीय मञ्चको अन्तिम बैठक बस्ने

,   लिम्बुवान न्युज
                       

इटहरी, २२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अन्तिम बैठक मंसिर २३ गते धरानमा बस्ने जनाइएको छ । मञ्चको यहि मंसिर २६ र २७ गते दुई दिनसम्म हुने तेस्रो संघीय महाधिवेशनको पूर्व सन्ध्यामा अन्तिम बैठक बस्न लागेको हो ।

मञ्चको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रान्तीय प्रशासकीय महासचिव अशोक चेम्जोङले बताए । दुई बर्ष लामो कोरोना महामारीका कारण भौतिक रुपमा बैठक बस्न नसकेको भन्दै महासचिव चेम्जोङले नेपाल सरकार निर्वाचन आयोगको पत्रलाई मध्यनजर गर्दै महाधिवेशन हुन लागेको बताए । त्यसैगरी मञ्चको विधान पनि संसोधन गर्ने उनले बताए ।

मञ्चले सबै प्रान्तहरुमा अधिवेशन गरी नेतृत्व चयन गरिसकेको जनाउँदै महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुग्न लाग्दा बैठक बस्न लागेको महासचिव चेम्जोङले बताए ।

त्यसैगरी जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने काम समेत शुरु भएको उपमहासचिव तथा प्रतिनिधि प्रर्यवेक्षक संयोजक दिल कुमार लावतीले बताएका छन् । उनले भने सबै केन्द्रीय नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् तर सम्बन्धित जिल्लाबाट अनिवार्य सिफारिस भई आउनु पर्ने बताए । प्रान्तीय सबै समितिका नेताहरु पनि महाधिवेशन प्रतिनिधि हुने उनले बताएका छन् ।

त्यसैगरी जनवर्गीय संगठनबाट संगठन बनेको अवस्थालाई हेरेर अध्यक्ष सहित ३ जना देखि माथि संगठन हेरेर महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रान्तीय समितिका सबै समिति महाधिवेशन प्रतिनिधि हुनेछन् । त्यसैगरी जिल्ला कार्य समितिको हकमा ७ जना हुनेछ । त्यसैगरी स्थानीय नगरपालिकाबाट ३ जना, गाउँपालिकाबाट २ जना १ महिला अनिवार्य हुनु पर्ने उनले बताए । यद्यपी सबै सम्बन्धित समितिले ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य सिफारिस गर्नुपर्ने बताएका छन् ।

धरान १५स्थित इजीराइडर होटलमा हुने महाधिवेशनमा मञ्चको अवधारणा अनुसार १०+१ प्रान्तबाटै महाधिवेशन प्रतिनिधिहरुको आगमन हुने महासचिव चेम्जोङले बताए । त्यसैगरी मञ्चले राज्यको पुनःसंरचना अनुसार ७ प्रदेश समिति पनि बनाउनु पर्ने बाध्यकारी अवस्था सिर्जना भएको हुँदा मञ्चले विधान मै तोकेर मञ्चले चाडै सात प्रदेश समिति पनि बनाउने तयारी भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;