मंसिर २३ गते संघीय मञ्चको अन्तिम बैठक बस्ने

 लिम्बुवान न्युज
                       

इटहरी, २२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अन्तिम बैठक मंसिर २३ गते धरानमा बस्ने जनाइएको छ । मञ्चको यहि मंसिर २६ र २७ गते दुई दिनसम्म हुने तेस्रो संघीय महाधिवेशनको पूर्व सन्ध्यामा अन्तिम बैठक बस्न लागेको हो ।

मञ्चको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रान्तीय प्रशासकीय महासचिव अशोक चेम्जोङले बताए । दुई बर्ष लामो कोरोना महामारीका कारण भौतिक रुपमा बैठक बस्न नसकेको भन्दै महासचिव चेम्जोङले नेपाल सरकार निर्वाचन आयोगको पत्रलाई मध्यनजर गर्दै महाधिवेशन हुन लागेको बताए । त्यसैगरी मञ्चको विधान पनि संसोधन गर्ने उनले बताए ।

मञ्चले सबै प्रान्तहरुमा अधिवेशन गरी नेतृत्व चयन गरिसकेको जनाउँदै महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुग्न लाग्दा बैठक बस्न लागेको महासचिव चेम्जोङले बताए ।

त्यसैगरी जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने काम समेत शुरु भएको उपमहासचिव तथा प्रतिनिधि प्रर्यवेक्षक संयोजक दिल कुमार लावतीले बताएका छन् । उनले भने सबै केन्द्रीय नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन् तर सम्बन्धित जिल्लाबाट अनिवार्य सिफारिस भई आउनु पर्ने बताए । प्रान्तीय सबै समितिका नेताहरु पनि महाधिवेशन प्रतिनिधि हुने उनले बताएका छन् ।

त्यसैगरी जनवर्गीय संगठनबाट संगठन बनेको अवस्थालाई हेरेर अध्यक्ष सहित ३ जना देखि माथि संगठन हेरेर महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रान्तीय समितिका सबै समिति महाधिवेशन प्रतिनिधि हुनेछन् । त्यसैगरी जिल्ला कार्य समितिको हकमा ७ जना हुनेछ । त्यसैगरी स्थानीय नगरपालिकाबाट ३ जना, गाउँपालिकाबाट २ जना १ महिला अनिवार्य हुनु पर्ने उनले बताए । यद्यपी सबै सम्बन्धित समितिले ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य सिफारिस गर्नुपर्ने बताएका छन् ।

धरान १५स्थित इजीराइडर होटलमा हुने महाधिवेशनमा मञ्चको अवधारणा अनुसार १०+१ प्रान्तबाटै महाधिवेशन प्रतिनिधिहरुको आगमन हुने महासचिव चेम्जोङले बताए । त्यसैगरी मञ्चले राज्यको पुनःसंरचना अनुसार ७ प्रदेश समिति पनि बनाउनु पर्ने बाध्यकारी अवस्था सिर्जना भएको हुँदा मञ्चले विधान मै तोकेर मञ्चले चाडै सात प्रदेश समिति पनि बनाउने तयारी भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...