बस्नेत निर्माण व्यवसायी संघ झापा अध्यक्षमा विजयी

 लिम्बुवान न्युज
                       

झापा, २२ मंसिर । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार अध्यक्षका प्रत्यासीहरु मौसम थापा र गगन रेग्मीलाई भारी मतान्तरले पराजित गर्दै वस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

वस्नेतको यो दोस्रो कार्यकाल हुनेछ । उनी मंगलश्री कम्स्ट्रक्सनका सञ्चालक हुन् । मतपरिणाम अनुसार वस्नेतले १३७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी मौसम थापाले ६१ मत प्राप्त गरेका छन् । तेस्रो मत ल्याएका गगन रेग्मीले २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, तृतीय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईं विजयी भएका छन् । उनले १४३ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामकुमार राईले ८२ मत प्राप्त गरे ।

यसैगरी, महासचिव पदमा पुष्पराज निरौला विजयी बनेका छन् । निरौलाले १४४ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओम पौडेलले ७९ मत प्राप्त गरे । निरौलाले पौडेलसँग यसअघिको निर्वाचनमा भोगेको पराजयको बदला लिएका छन् । अघिल्लो निर्वाचनमा महासचिव पदमा निरौला पौडेलसँग पराजित भएका थिए । पौडेल तेस्रोपटक महासचिव बन्ने योजनामा थिए । निरौला राज विल्डर्सका सञ्चालक हुन् भने पौडेल दर्पण निर्माण सेवाका सञ्चालक हुन् ।
सचिवमा योगेन्द्र खड्का ११८ मतसहित विजयी भएका छन् । उनले लोकेन्द्र श्रेष्ठलाई १६ मतले पछि पारे । श्रेष्ठको १०२ मत आएको छ । खड्का यसअघि पनि सचिव पदमै थिए ।

यसैगरी, कोषाध्यक्ष पदमा चन्द्र खत्री विजयी भएका छन् । यज्ञनिधि भूर्तेललाई १६ मतले पछि पार्दै खत्री विजयी बनेका हुन् । खत्रीले ११९ मत प्राप्त गर्दा भूर्तेलको पक्षमा १०३ मत झरेको थियो । तीनजनाले उम्मेद्वारी दिएको सहकोषाध्यक्ष पदमा भने दुईजनाको बराबरी मत आएपछि गोलाप्रथाबाट सिताराम ढुंगेल विजयी भएका छन् ।

ढुंगेल र अर्का प्रत्यासी हिमाल सिटौलाको बराबर ७८ मत आएपछि गोलाप्रथामा जानुपरेको निर्वाचन अधिकृत गोपालबहादुर थापाले बताए । अर्का प्रत्यासी सुरेन्द्र धिमालले ६५ मत प्राप्त गरे ।

पदाधिकारीमा प्रथम उपाध्यक्षमा रमेश अधिकारी र द्वितीय उपाध्यक्षमा कुमार उप्रेती निर्विरोध भएका छन् भने महिला सदस्यमा मीनादेवी भट्टराई निर्विरोध भइन् ।

कार्यसमितिमा १० जना सदस्य आवश्यक रहेकोमा १९ जनाको उम्मेद्वारी परेपछि भएको सदस्य पदको निर्वाचनमा जूनतारा कन्स्ट्रक्सनका सञ्चालक राजकुमार राई सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले १५९ मत प्राप्त गरे । यसैगरी, नयन बराल९१२५०, रमेश सेढाई ९११६०, एंगल गुरुङ ९१४३ ०, प्रकाशकुमार सिंह ९१२६ ०, अनिल भट्टराई ९१२४ ०, गोपालबहादुर वस्नेत ९११६०, गुणबहादुर अधिकारी ९१२५०, सुरेश भट्टराई ९१२५ ० र चिरनसेन थापा ९१३०० विजयी भए ।

सदस्यका प्रत्यासीहरु ज्ञानबहादुर तामाङ, घनश्याम कार्की, गोपाल श्रेष्ठ, प्रविन कटुवाल, रमेश भण्डारी, गोविन्दप्रसाद घिमिरे, बुद्धिमान लिम्बू, मनोजकुमार अधिकारी र गोविन्द कार्की पराजित भए । २७३ मतदाता रहेको संघको निर्वाचनमा २२७ मत खसेको निर्वाचन अधिकृत थापाले बताए ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष वस्नेतले आफ्नो नेतृत्वको कार्यकाल झापाली निर्माण व्यवसायीहरुको हित, क्षमता विकास,संघको सुदिृढीकरण एवम् पहिचान थप उचाईमा पुर्याउने विषयमा समर्पित रहने संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन सम्पन्न भएसँगै प्रतिस्पर्धा सकिएको र सबै झापाली निर्माण व्यवसायीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए ।

यसअघि, मंगलबार संघको १४ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको थियो । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहका अवसरमा निर्माण व्यवसायमा लामो समय योगदान पुर्याउने व्यक्तित्वहरु त्था सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...