आजबाट लिम्बुवानको प्रान्तीय अधिवेशन सुरु

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर २४ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आजबाट लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सुरु हुदैछ ।

धरान स्थित इजिराडर्स होटलको सभाहलमा सुरु हुने अधिवेशनको उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने कार्यक्रम रहेको छ ।

लिम्बुवानको राजनीति मुद्दामा अडिग तथा सडक देखि सदन सम्म निरन्तर आन्दोलन उठाइ रहने आन्दोलनरत पार्टीको रूपमा स्थापित संघीय लिम्बुवान मन्च नेपाल लिम्बुवानी जनताको लोकप्रिय पार्टी पनि हो ।

२०६२ सालमा स्थापित यो पार्टीले स्थापना देखि नै संघीयता, लोकतान्त्रिक गणतन्त्र नेपाल, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी र पहिचानको मुद्दा दर्विलो तबर बाट उठाइरहेको छ । आज बाट ४ दिनसम्म संचालन हुने अधिवेशनले नया नेतृत्वको चयन गर्नेछ ।

७ सय प्रतिनिधि तथा पर्यवेक्षक उपस्थित रहने अधिवेशनमा सहमतिमा नया कार्य समिती चयन गर्ने भनिएता पनि आकांक्षी उम्मेदवारहरुको संख्या बढी रहेको हुनाले नयाँ समिति चयनमा निर्वाचन हुने सम्भावना बढी रहेको पार्टी संघीय महासचिव सुरेन्द्र निङलेकुले जानकारी दिनुभएको छ ।

अधिवेशनले ९९ जनाको प्रान्तीय नयाँ समिति चयन गर्नेछ ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...