लिम्बु भाषाको गीत ‘चिताङ्सिर गीत यूट्युबबाट सार्वजनिक
शुक्रबार, २४ मंसिर, २०७८ साँझको ०७:५० बजे,
लिम्बुवान न्युज
फेदेन ।लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युट्युब च्यायनलबाट सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द÷संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् ।
पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता जबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।
चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...