संघीय दलित मुक्ति मञ्चमा शर्मिला निर्वाचित

,   लिम्बुवान न्युज
                       

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय अधिवेशन आज लिम्बुवानको ऐतिहासिक स्थल विजयपुर धरानमा सम्पन्न भएकोछ ।

धरान स्थित इजिराइडर्स होटलको सभाहलमा सम्पन्न अधिवेशनले महिला नेत्री शर्मिला बागचन्दलाई नयाँ कार्य समितिको अध्यक्ष निर्वाचित गरेको छ । प्रथम प्रान्तीय अधिवेशनको उद्घाटन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराकले गर्नुभएको थियो ।

देशभर बाट उपस्थित दलित सहभागीहरुलाइ सम्बोधन गर्दै कुमार लिङदेनले अब दलित मुक्तिको लागि दलित प्रान्त आवस्यक रहेको र दलित मुक्ति दलित समुदायको नेतृत्वमा मात्र सम्भव रहेको ठोकुवा गर्नु भयो ।

 

नेपालका सबै उत्पीडित उपेक्षित समुदाय एक भएर एकात्मक राज्य सत्ता बिरुद्व बिद्रोह गर्न आग्रह गर्नुभयो । अधिवेशन कार्यक्रमलाई मञ्चका बरिस्ठ उपाध्यक्ष ज्ञान ब. गुरुङ उपाध्यक्ष चन्द्र ब. खापुङ लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

संघीय दलित मुक्ति मञ्चको निवर्तमान अध्यक्ष रमेश गजमेरको अध्यक्षतामा रहेको पुरानो समितिलाई विघटन गर्दै शर्मिला बागचन्दको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

समितिको उपाध्यक्षहरुमा बलराम सदा,साजन मोते, बिक्रम बराइली, केशव दुलाल वादी, रन ब. बि.क. महासचिव महेन्द्र बिद्रोही, महासचिव गणेश तिरुवा, महासचिव राजु परियार उपमहासचिव भोज ब. बिश्वकर्मा, खड्क बिश्वकर्मा, कृष्ण मण्डल सचिब दिनेस सिवा, अनिता परियार, सचिन मण्डल अर्थसचिव भोजराज बर्देवा, कविता सिनान लगायत ५१ सदस्यीय नया कार्यसमिति निर्वाचित हुनुभएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;