मञ्चको १ नं. समन्वय समितिको संयोजकमा गुरुङ्

 लिम्बुवान न्युज
                       

विजयपुर, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ नम्बर प्रदेश समन्वय समिति गठन गरेको छ । सोमबार धरानको इजिराइडरस्थित हलमा ज्ञानबहादुर गुरुङकाे संयोजकत्वमा समिति गठन गरेको हो ।

संघीय मञ्चको संघीय राष्ट्रिय महाधिवेशन हुनु पूर्व घोषणा गरिएको समितिमा संयोजक गुरुङ्सँगै उपसंयोजकहरुमा विशेन्द्र चेम्जोङ्,  विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ्, संगम खनाल, दिपा लिम्बु हाङसरोङ, चन्द्रसिं नेम्बाङ र इन्दीरा लिम्बु रहेका छन् ।

त्यसैगरी सचिवहरुमा भविराज तुम्सा, नविन पाेमू, रामबहादुर लिम्बु (चेम्जाेङ्), सागर केरुङ र नन्द मेन्याङ्बो रहेका छन् । समितिको सदस्यमा सुनिता केरुङ् रहेका छन् भने अन्य पछि थप गर्ने जनाइएको छ ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...