लिम्बू चलचित्र ‘थेत्लङ्’को बिशेश प्रदर्शनी

 लिम्बुवान न्युज
                       

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश प्रदर्शन भएको छ । लिम्बू बिद्यार्थी मञ्च पान्थर र याक्थुङ युवा मञ्च पान्थरको संयुक्त आयोजनामा प्रदर्शन भएको हो ।

सो कार्यक्रमको अवसरमा निर्माता मोनिकुमार सुब्बा ताम्लिङ र कथाकार देवमान लिम्बू ‘होन्दोक’ लाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’का कथा देवमान लिम्बू, पटकथा/संवाद सागर केरुङको रहेको छ भने किशोर सुब्बाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सागर केरुङ, बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...