दमकमा नेपाली उपभोक्ता संरक्षण महासंघ गठन

,   लिम्बुवान न्युज
                       

दमक, ५ पुस । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्य समिति गठन भएको छ ।

दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेकाछन् । समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो, कोषाध्यक्षमा रुपा सेलिङ र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल र शिवदास रहेका छन् ।

समितिको दमकमा बसेको पुर्ण बैठकले एक महिनाभित्रमा प्रदेशभित्र जिल्लास्थित समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेसन गर्ने निर्णय गरेको योङहाङले बताएका छन् । उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्तावादी संघसंस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाईएको छ । महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ ।

महासंघले देशभर नै बिधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताएका छन् । महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफुहरुको प्रतिबद्धता रहेको पनि उनले बताउदै आएकाछन् ।

महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ । यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम जनताको महासंघ बन्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;