दमकमा नेपाली उपभोक्ता संरक्षण महासंघ गठन

 लिम्बुवान न्युज
                       

दमक, ५ पुस । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्य समिति गठन भएको छ ।

दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेकाछन् । समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो, कोषाध्यक्षमा रुपा सेलिङ र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल र शिवदास रहेका छन् ।

समितिको दमकमा बसेको पुर्ण बैठकले एक महिनाभित्रमा प्रदेशभित्र जिल्लास्थित समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेसन गर्ने निर्णय गरेको योङहाङले बताएका छन् । उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्तावादी संघसंस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाईएको छ । महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ ।

महासंघले देशभर नै बिधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताएका छन् । महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफुहरुको प्रतिबद्धता रहेको पनि उनले बताउदै आएकाछन् ।

महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ । यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम जनताको महासंघ बन्ने पनि उनले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...