दमककी लिम्बु केन्द्रीय सदस्यमा निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, ६ पुस । संघीय संसद सदस्य समेत रहेकी दमक निवासी नेतृ महेन्द्रकुमारी लिम्बु कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । कांग्रेसको १४ औं महाधिवेशनबाट लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित भएकी हुन् ।

सोमबार राती सकिएको सो कोटा तर्फको मतगणनाको अन्तिम परिणाममा उनले आफना निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले केन्द्रीय सदस्यमा निर्वाचित भईन् । लिम्बूले कूल २२७४ मत प्राप्त गरिन् भने उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेकी थिइन् ।

दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा सक्रिय उनी प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राई र कृष्णकुमारीकी छोरी हुन । पार्टीसंगै सामाजिक कार्यमा सक्रिय उनी पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत भएर दुई पटकसम्म समानुपातिक कोटाबाट संघीय संसद सदस्य भएर आफनो जिम्मेवारी सम्हालि आएकी छिन् ।

विगतमा झापा कमलस्थित आदिवासी रंगशाला नाम हटाउने भनी दमक चोकमा बोलेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोल्दै गर्दा माइकसमेत खोसेर चर्चामा आएकी लिम्बु निड्र स्वभाविकी नेत्री हुन् । महिलाहरुमाझ पूर्वमा निक्कै नै लोकप्रिय रहेकी लिम्बुले आफूलाई एक अब्बल नेतृको रुपमा चर्चा पाएकी छिन् ।

झापाबाट दुई नेत्री पनि निर्वाचित

कांग्रेस केन्द्रीय सदस्यमा झापाली दुईजना महिला नेतृ पनि निर्वाचित भएकी छन् । सोमबार सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला महिला तर्फबाट पार्टीको केन्द्रीय सदस्यमा नेतृ सरिता प्रसाइँ र सुशीला ढकाल निर्वाचित भएकी हुन् । नेतृ प्रसाइँ राष्ट्रिय सभा सदस्य तथा निवर्तमान केन्द्रीय सदस्य समेत हुन् । उनी यसअघि कृषि राज्यमन्त्री समेत भएकी थिइन् । नेतृ प्रसाइँले २०९६ मत ल्याएर छैठौं स्थानमा जित हासिल गरेकी हुन । केन्द्रीय सदस्यमा निर्वाचित नेतृ ढकालले १८०४ मत प्राप्त गर्न सफल भएकी छिन् । ढकाल नेपाल महिला संघ झापाकी सभापति समेत हुन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...