चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको हो ।

कियाचु वडाध्यक्ष हिक्मत ईम्सङ लिम्बुज्युको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १का सामाजिक बिकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाङफेको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशिस्ट संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव असोक चेम्जोङ, नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य बिध्या चाम्लिङ राई, संघिय लिम्बुवान मञ्च प्रान्तीय महासचिव दिलकुमार लावती, हङकङमा बसोबास गर्ने सामाजिक व्यक्तित्व पूर्व कियाचु अध्यक्ष त्रिभुवान लुम्फुङवा, भुपेन्द्रसुन्दर तुम्बाहाम्फे, नेकपा माओवादी प्रदेश नंं १ का सदस्य प्रेम मिभकको रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा सलिम प्रान्तीय सचिब दिलु लिङदेन, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, नेकपा एमाले मिक्लाजुङ गा.पा अध्यक्ष तथा ४ न. अध्यक्ष बुद्धिमान लिम्बू, नेपाली काग्रेस मिक्लाजुङ उप–सभापति तथा वडा न ३ अध्यक्ष खगेन्द्र मादेन लिम्बु, सामाजिक ब्यात्तित्वहरु विशाल राई, लेनिन राई, नन्द माखिम, मिना सिन्चौरी, चन्द्र संङमी, सामाजिक अभियन्ता डिल्लीराम मिभक, लिम्बुवान भोलेन्टियर्सका संगठन विभाग प्रमुख गणेश मिभक, समाजसेवी अमृत थेगिम र पूर्ण लावतीको पनि उपस्थिति रहेको थियो ।

मंगलबार आयोजित उक्त कार्यक्रम विभिन्न क्षेत्रबाट सहयोग दिनुहुने सामाजिक ब्यातित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरु दिपक लिम्बू, तारा प्रकाश लिम्बू, सिद्धान्त खड्का, दिपना राई, कुशल थलङ आदिले प्रस्तुति दिएका थिए । शुक्र थेगिमको संयोजकत्वमा रहेको उक्त कार्यक्रम संचालन चन्द्र संङमी र संचारकर्मी देश राज नेम्बाङ गरेका थिए ।

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;