चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक कार्यक्रम सम्पन्न भएको हो ।

कियाचु वडाध्यक्ष हिक्मत ईम्सङ लिम्बुज्युको सभाध्यक्ष रहेको उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १का सामाजिक बिकास राज्य मन्त्री माननीय बिष्णु तुम्बाहाङफेको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशिस्ट संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव असोक चेम्जोङ, नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य बिध्या चाम्लिङ राई, संघिय लिम्बुवान मञ्च प्रान्तीय महासचिव दिलकुमार लावती, हङकङमा बसोबास गर्ने सामाजिक व्यक्तित्व पूर्व कियाचु अध्यक्ष त्रिभुवान लुम्फुङवा, भुपेन्द्रसुन्दर तुम्बाहाम्फे, नेकपा माओवादी प्रदेश नंं १ का सदस्य प्रेम मिभकको रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा सलिम प्रान्तीय सचिब दिलु लिङदेन, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा, नेकपा एमाले मिक्लाजुङ गा.पा अध्यक्ष तथा ४ न. अध्यक्ष बुद्धिमान लिम्बू, नेपाली काग्रेस मिक्लाजुङ उप–सभापति तथा वडा न ३ अध्यक्ष खगेन्द्र मादेन लिम्बु, सामाजिक ब्यात्तित्वहरु विशाल राई, लेनिन राई, नन्द माखिम, मिना सिन्चौरी, चन्द्र संङमी, सामाजिक अभियन्ता डिल्लीराम मिभक, लिम्बुवान भोलेन्टियर्सका संगठन विभाग प्रमुख गणेश मिभक, समाजसेवी अमृत थेगिम र पूर्ण लावतीको पनि उपस्थिति रहेको थियो ।

मंगलबार आयोजित उक्त कार्यक्रम विभिन्न क्षेत्रबाट सहयोग दिनुहुने सामाजिक ब्यातित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरु दिपक लिम्बू, तारा प्रकाश लिम्बू, सिद्धान्त खड्का, दिपना राई, कुशल थलङ आदिले प्रस्तुति दिएका थिए । शुक्र थेगिमको संयोजकत्वमा रहेको उक्त कार्यक्रम संचालन चन्द्र संङमी र संचारकर्मी देश राज नेम्बाङ गरेका थिए ।

 

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...