दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ९ पुष । दमकस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट यस बर्ष सप्तरङगी एफएमका प्रवन्ध निर्देशक गिरिराज भट्टराई पुरस्कृत भएका छन भने उत्कृष्ट व्यवसायीका रुपमा दमकका पुराना होटल तथा रेष्टुरेँन्ट व्यवसायी डम्बर बहादुर राई र फलफुल व्यवसायी राजोदेवी शाहलाई सम्मान गरिएको छ ।

त्यसैगरी त्यस्तै आम्दा अस्पतालका डा. नविन ढकाल र दमक अस्पतालकी देवी दंगाल तथा संघका पूर्व अध्यक्ष एवं महामारी नियन्त्रण महाअभियानका संयोजक प्रकाश प्रसाइँ नेतृत्वको समितिलाई पनि कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै संघले सम्मान गरेको छ ।

त्यस्तै संघका कार्य समिति सदस्य चन्द्र खत्री र व्यवसायी रमेश अधिकारी निर्माण व्यवसायी संघ झापामा निर्वाचित भएकोमा सम्मान गरिएको छ । अधिकारी संघको वरिष्ठ उपाध्यक्ष र खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । होटल तथा पर्यटन व्यवसायी संघको प्रदेश अध्यक्षमा निर्वाचित वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य राजन दंगाललाई सम्मान गरियो ।

शुक्रबार आयोजित साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाल उदोग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका सदस्य चण्डीराज ढकाल, , दमक नगर प्रमुख रोमनाथ ओली, संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष श्रेष्ठले दमकको आवश्यकतासंग जोडिएका बिकास निर्माण तथा पर्यटन प्रवद्र्धन तथा व्यवसायिक हित सम्बन्धिका योजनाहरुमा सरकारको ध्यानाकर्षण गराए ।

उनले कोरोना महामारी र यसका कारण लगाइएको लकडाउनका कारण प्रभावित व्यवसायीहरुलाई विभिन्न किसिमका छुट सुविधाहरु संघले प्रदान गर्दै आएको र सरकारले समेत त्यस किसिमका सहुलियत तथा छुट सुविधाहरु दिनुपर्ने उल्लेख गरे ।

सो अवसरमा संघका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले सांगठनिक, द्धितीय उपाध्यक्ष राजकुमार योङयाले ब्यवसायिक हितकोष कार्यक्रम सञ्चालन सञ्चालन सम्बन्धिको प्रतिवेदन , संघकी तृतीय उपाध्यक्ष रमा लिम्बुले आर्थिक प्रतिवेदन र लेखा संयोजक खोम प्रसाद बगालेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा विधान संशोधन सम्बन्धिको प्रस्ताव समेत पेश भई छलफलमा रहेको जनाइएको छ ।

साधारण सभाको उदघाटन कार्यक्रममा महासंघका नेताहरु, विभिन्न गाउँ÷नगर संघ, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए । सो अवसरमा संघका पूर्व अध्यक्षहरु राजेन्द्र ढकाल, प्रकाश प्रसाइँ, विष्णु प्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सका सचिव अजय अग्रवाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल)ले स्वागत मन्तव्य राखेका थिए भने प्रथम उपाध्यक्ष राजु खडकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...