
सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
विर्तामोड । झापाको पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै अग्रज पत्रकारहरुले चिन्ता ब्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको ‘अवको पत्रकारिता र हाम्रो भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम बोल्दै अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री, केशव आर्चाय, चिन्तामणी दाहाल, कृष्ण हुमागाँई, लीला बराल, मोहन काजी न्यौपाने लगायतका वक्ताहरुले पत्रकारिता समाजको ऐना भएकोले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिए ।
उनीहरुले पत्रकारको विकासका लागि अब दक्षतामा जोड दिनुपर्नेमा सुझाव दिए । पछिल्लो समय पत्रकारिता पुजीपति केन्द्रित भएको भन्दै पत्रकारिता जनजनको आवाज बोल्ने हुनुपर्नेमा ध्यान दिन जरुरी रहेको बताइएको छ । झापाको पत्रकारिताको स्थापना र आजको पत्रकारिताका चुनौति, अवसर र महासंघले गर्नुपर्ने कार्यका विषयमा सुझावसमेत दिएका थिए ।
पत्रकार महासंघ झापाको ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वध्यक्षहरु, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका संघ÷संगठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरुका सहभागिता रहेको थियो ।
महासंघले ३३ औं स्थापना दिवसको अवसरमा ३३ वटै मैनबत्ति बालेर उद्घाटन गरिएको थियो । उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...
ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...
ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...