प्रदेश १ का पाँच दलीय गठबन्धन सरकारद्वारा न्यूनतम साँझा कार्यक्रम सार्वजनिक

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, विराटनगर । वर्तमान प्रदेश नं. १ सरकारमा रहेका पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साँझा कार्यक्रम सार्वजनिक गरेको छ । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौतीको प्रस्ताव गर्दै गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले सरकारको अल्पकालिन तथा दीर्घकालिन योजनाहरु समेटेर न्यूनतम साझा कार्यक्रम तयार पारेको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर सरकार चलाउने र नीति तथा कार्यक्रम बनाउने मुख्यमन्त्री राजेन्द्र राईले बताए ।

कार्र्यक्रममा सरकारका मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव र विष्णुमाया तुम्बाहाम्फेलगायत सहभागी थिए । सांसद राजन राईले संचालन गरेको कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशीलले कार्यक्रमको अध्यक्षता गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा कार्यदलका सदस्य अशोक चेम्जोङले लिम्बुवानखबरलाई बताएका छन् ।

साझा कार्यक्रमको पूर्ण पाठ

 

 

 

 

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;